Jilla Ban Notis

सुनवल नगरपालिका वडा नम्बर २ खुटहटमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन ।

0 31

उर्मिला यादव

सुनवल,मंसिर ९
सुनवल नगरपालिका वडा नम्बर २ खुटहटमा आज सोमबार एक कार्यक्रमका बिच आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको छ । सुनवल नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र यादवको अध्यक्षता तथा नगर प्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आथित्यतामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको हो ।
आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गर्दै नगर प्रमुख थापाले सुनवल नगरपालिका वडा नम्बर दुइ पहिले बिकासमा पछि परे पनि पछिल्लो समय बिकासमा फडको मारेको बताउनु भएको छ । उहाले वडा नम्बर दुइमा स्वास्थ्य चौकी पनि रहेको र अहिले आधारभुत स्वास्थ्य सेवा केन्द्रको पनि स्थापना भएकोले वडा नम्बर दुई स्वास्थ्य क्षेत्रमा अझै अगाडि बढने र यहाका स्थानियले थप स्वास्थ्य सेवा लिन सक्ने बताउनु भएको छ । थापाले आगामी दिनमा सुनवल नगरपालिका वडा नम्बर दुइको बिकासको लागी छुटटै प्याकेज बनाएर अघि बढनु पर्ने बताउनु भएको छ ।

यस्तै गरी सुनवल नगरपालिका वडा नम्बर २ खुटहटमा स्थापना गरीएको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट के कस्ता सेवा सुबिधा प्रदान गरीने त्यहाका स्थानियलाइ सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराउनु भएको थियो भने कार्यक्रम संचालन सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले गर्नु भएको थियो ।

सुनवल नगरपालिका नगरउपप्रमुख दधिराम अर्यालको बिशिष्ठ आथित्यतामा उदघाटन गरीएको कार्यक्रममा सुनवल नगरपालिकाका प्रशाकिय अधिकृत रामलाल श्रेष्ठ , स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपाने, वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे , सुनवल नगरपालिका नगरप्रवक्ता कृष्ण प्रसाद देवकोटा , वडा नम्बर दुइका वडा सदस्यहरु , मेलमिलाप केन्द्रका पदाधिकारीहरु, बिभिन्न सहकारी, तथा बिद्यालयका प्रमुखहरु , बालक्लबका पदाधिकारीहरु, बिभिन्न आमा समुहका पदाधिकारीहरु, स्थानिय तथा सरोकारवाला ब्यक्तित्व लगायत करीब दुइ सय पचास जनाको सहभागिता रहेको थियो ।
यस्तै गरी सुनवल नगरपालिका वडा नम्बर तीन नदुवा , वडा नम्बर ४ रमवापुर , वडा नम्बर ५ बनकटटी, वडा नम्बर ६ बिसासय, वडा नम्बर सात तरंगौली, र वडा नम्बर १३ बडेरामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन भैसकेको सुनवल नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.