Jilla Ban Notis

सुनवल नगरपालिकामा अपांगता परिचय पत्र बितरण कार्य सुरु ।

0 45

पुजा लम्साल

सुनवल,माघ ६

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आफ्ना नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचय पत्र बितरण कार्य सुरु गरेको छ । आज वडा नं ११ वडा कार्यालय परिसरमा शिबिर आयोजना गरि वडा भित्रका २९ जना अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचय पत्र बितरण गरि शुभारम्भ गरिएको नगरपालिकाले जनाएको छ । जस अन्तर्गत क बर्गका २, ख बर्गका १८, ग बर्गका ४ जना र घ बर्गका ५ जना रहेका छन् । उनिहरु सवैलाई चिकित्सकको सिफारिस बमोजिम दिइएको निवेदनको आधारमा अपांग परिचय पत्र वितरण गरिएको नगर महिला तथा बालबालिका शाखाकी प्रमुख केशरी गैरेले जानकारी दिनुभयो ।

शिबिरमा वडा नं ११का वडाध्यक्ष देबि लाल डुमे्रको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । परिचय पत्र वितरण कार्यक्रममा नगर उपप्रमुख अर्यालले फरक क्षमता भएको कारण कष्टकर जीवन बिताउने समयमा उपचार गर्न नसक्ने परिवारलाई परिचय पत्र लाभदायी हुने बताउनुभयो । उहाले फरक क्षमता भएको नागरिकहरुका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्ने वताउनुभयो । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, वडा सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । क्रमशै संग नगरका अन्य वडामा पनि अपांगता परिचय पत्र बितरण गरिने जसअन्तगर्त भोलि वडा नं १२मा अपांगता परिचय पत्र बितरण गरिने नगरपालिकाले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.