Jilla Ban Notis

सुनवल नगरपालिकाद्धारा एम्बुलेन्स चालकलाई पीपीई वितरण ।

0 13
हरि शर्मा
परासी,चैत्र–२३
नवलपरासीको सुनवल नगरपालिकाले जिल्लाका एम्बुलेन्स चालकलाई पीपीई वितरण गरेको छ । कोरोना संक्रमणबाट सुरक्षित रहन सघाउ पुर्‍याउने उद्देश्यले नगरपालिकाले स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्स चालकलाई आइतबार २८ थान पीपीई उपलब्ध गराएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।  जिल्लामा २५ वटा एम्बुलेन्स छन् । नगरपालिका आफैंले पीपीई बनाएको हो । नगरपालिकाले नगर क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई पीपीई वितरण गरिसकेको छ । जिल्लाका एम्बुलेन्स चालकले पीपीई नलाई बिरामी ओसारपसार गर्दा आफूहरु असुरक्षित रहेको गुनासो गरेपछि उक्त सामाग्री उपलव्ध गराएको नगर प्रमुख थापाले बताए ।  स्थानीय स्तरमा बनाइएको पीपीई ५ सय लागतमा तयार गरिएको हो । प्लाष्टिकको यो पीपीई धोएपछि पुन प्रयोगमा ल्याउन सकिने गरी बनाइएको छ । ‘आवश्यक परे हामी जिल्लाभर नै पीपीई बनाएर पठाउन सक्छौं । त्यसको तयारी पनि गरिएको छ’, नगर प्रमुख थापाले भने ।
स्वास्थ्य संस्था र अस्पतालमा समेत पीपीई प्रयाप्त छैन । जसका कारण एम्बुलेन्स चालकलाई उपलब्ध गराउन नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । ‘पीपीई लगाएसँगै आफू सुरक्षित हुन एम्बुलेन्समा पाटेसन गर्न पनि उत्तिकै आवश्यक छ । पाटेसन नगरी एम्बुलेन्स नचलाउनु होला’, पीपीई लिन पुगेका चालकलाई स्वास्थ्य प्रमुख ढकाल सम्झाए । नगरपालिकाले बनाएको पीपीई सुरक्षित रहेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए । ‘यो पीपीई अन्य पीपीई सरहकै छ । सरकारले उपलब्ध गराएको पीपीई नरम छ । यो स्थानीय स्तरको सामाग्रीले बनाएका कारण केही कडा भए पनि पूर्ण सुरक्षित छ’, डा. होदाले भने । वाटर र एयर प्रुफ रहेकाले यो स्वास्थ्यकर्मी र चालकका लागि सुरक्षित रहेको उनले बताए । यो पीपीई एक पटक धोएपछि पुन प्रयोगमा ल्याउन सकिन्छ । तर कोरोना संक्रमित बिरामी बोकेर लगेको खण्डमा भने यसलाई नष्ट गर्नुपर्ने डा. होदाले बताए ।

Leave A Reply

Your email address will not be published.