Sarawal sit lahar Notis

सुनवलमा संचालित प्रादेशीक  औद्योगीक व्यापार मेला सकियो,७ करोड भन्दा बढिको आर्थिक कारोबार ।

0 23

 

रमेश भुसाल

मंशिर १५

मंशिर ५ गते देखि पश्चिम नवलपरासीको सुनवलमा संचालित प्रादेशीक  औद्योगीक व्यापार मेला सर्वेकृष्ट हुनका साथै भब्य र सब्य रुपमा सफल रहेको सुनवल नगरपालिकाका उप प्रमुख दधिराम अर्यालले बताउनुभयो । कृषि पर्यटन उद्योग र व्यापार राष्ट्र निर्माणको आधार भन्ने नारा सहित मंशिर ५ देखि १५ गते सम्म संचालित मेलाको समापनलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेको उपप्रमुख अर्यालले सवै जिल्लाहरुको उत्पादनलाई बजारीकिरण गर्ने थलोको रुपमा सुनवल अगाडि बढेको सन्देश प्रादेशीक औद्योगीक ब्यापार मेलाबाट भएको र आगामि दिनमा यसलाई अझै विस्तार गरि अघि बढ्नु पर्ने बताउनुभयो । समापन कार्यक्रममा यस क्षेत्रका समाजसेवि वुद्धिजिवी , राजनीतिक दल, विभिन्न संघ सस्था साथै सुनवल नगरपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरुले मेला सभ्य सफल र भब्य रहेको भन्दै वद्याई दिएका थिए । समापन कार्यक्रमका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक रमेश कर्माचार्यले मेला अपेक्षा गरे भन्दा बढि सफल रुपमा सम्पन्न भएको भन्दै आगामि दिनमा पनि सवैको सल्लाहा सुझाव अनुसार अगाडि वढ्ने बताउनुभयो । मेलालाई सफल तुल्याउन सुनवल नगरपालिका, स्थानिय संघसस्था, उद्योगि व्यवसायी ,नगरबासि, सुरक्षाकर्मि , मिडियाहरु र सम्पुर्णमा अध्यक्ष कर्माचार्यले आभार ब्याक्त गर्नुभयो । त्यस्तै संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले मेलामा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि यसै गरि साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो । मेलामा ७० हजार भन्दा बढिले मेला अवलोकन गरेको र ५०हजार भन्दा बढिको टिकट बिक्रि भएको उहाले जानकारी दिनुभयो । मेलामा ७ करोडको आर्थिक कारोबारको लक्ष्य लिए पनि ७ करोड भन्दा बढिको आर्थिक कारोबार भएको वाणिज्य उपाध्यक्ष खरेलले जानकारी दिनुभयो । यसैगरि प्रादेशिक औद्योगीक व्यापार मेलमा आयोजना गरिएको खुला उपमेयरकप पुरुष भलिबल प्रतियोगिताको विजेता नवलपुर भलिवल क्लव १ लाख १० हजार सहित मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । नवलपुर भलिवल क्लवले मणिमुकुन्द भलिवल क्लवलाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो स्थानमा चित्त वुझाएको मणिमुकुन्द भलिवल क्लव लाइ रु ६० हजार सहित मेडल प्रमाण पत्र वितरण गरीएको थियो । त्यसैगरी तेस्रो स्थान मा आफुलाई सम्हालेको गुल्मी भलिवल क्लवले लाई पनि रु ३० हजार नगद सहित मेडल प्रमाण पत्र वितरण गरिएको थियो । गुल्मी भलिवल क्लवले नवलपरासी भलिवल संघलाई पराजीत गरेको थियो । त्यस्तै विभिन्न उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कारले सम्मान गरएको थियो ।त्यसै गरि १५ सहभागिहरुको प्रतिशपर्दा रहेको प्रदेशस्तरीय डान्स आइकनमा युनाइटेड वोर्डिङ स्कुल प्रथम भएको थियो भने सुनवल डान्स एकेडमीका सन्देश कुवर दोस्रो भएका थिए । प्रथम र दोस्रो लाई मेला समापनकै अवसरमा पुरस्कार वितरण गरिएको थियो । त्यसैगरि प्रादेशिक औद्योगीक व्यापार मेलमा उत्कृष्ट स्टल, उत्कृष्ट झाकि लागाएत विभिन्न उत्कृष्टहरु सवैलाई सम्मान गरीएको थियो । समापन दिनको साझ अवेर सम्मै राष्ट्रिय कलाकार रमेश राज भट्राई को प्रस्तुतीले हजारौं दर्शकहरुलाई झुम्याएको थियो भने मेला स्थलमा दर्शकहरुको नाचले धुलो नै उडेको थियो । समापन कार्यक्रममा स्वागत मन्तब्य उद्योग उपाध्यक्ष राम बहादुर क्षेत्रीको रहेको थियो भने संचालन महासचिव तेज प्रसाद भण्डारीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.