Jilla Ban Notis

सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न् ।

0 203

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालय राप्तीले नवलपरासीको बर्दघाट नगरपालिकामा सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न् गरेको छ ।

बर्दघाट नगर प्रमुख शम्भुलला श्रेष्ठको अध्यक्षतामा मा भएको उक्त कार्यक्रममा नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय लगाएत जनप्रतिनिधिहरु र नगरका सबै स्वास्थ्य चौकी तथा उप स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

बर्दघाट स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीको स्वागत तथा कार्यक्रमको उद्धेश्य प्रस्तुतीसंगै शुरु भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालय राप्तीका मेडिकल अधिकृत डा. अरुण खरेल र वरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाले सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि सहजीकरण गर्नु भएको थियो ।

सहजीकरण कै क्रममा सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग रहेको बताउदै त्यसको रोकथामका लागि बैलेमा सबै सचेतहुन आग्रह गरिएको थियो । यो रोग आमा बुबाबाट छोरा छोरीमा सर्ने भएकै कारण आमा र बाबा बन्नु भन्दा यस्को ग्रिानि गर्नु नै सबैभन्दा उत्तम उपाए रहेको कार्यक्रममा जानकारी गराईएको थियो । यो रोग जिनमा हुने खराबीले गर्दा हुने भएक कारण यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारको हुने समेत जानकारी गराईएको थियो ।

सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर गर्ने र शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुने अनि रक्तअल्पताको समस्या समेत हुने भएकाले त्यस तर्फ सबै सचेत हुन जरुरी रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
यो रोग यदि आमा र बुबा दुवैमा यो रोगको जीन छ भने दुईमध्ये एक जना सन्तानमा यो रोग सर्ने समेत जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.