Jilla Ban Notis

सामुदायिक वन उपभोक्ता स्थानिय महासंघ सरावलको बैठक सम्पन्न

0 21

रामु भुसाल
बर्दघाट,मंसीर–१८
सामुदायिक वन उपभोक्ता स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक विहिबार सरावलको सृष्टी सामुदायिक वनको सभाहल भगडामा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावलका अध्यक्ष धनिसरा भुषालको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासघ नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य नारायण पाण्डेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न् भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले नेपाल सरकारले सामुदायिक वनका उपभोक्ताहरुको हक अधिकार कुण्ठित हुने गरि काठ दाउरा ओसार पोसार तथा विक्रि वितरणमा रोक लगाएको निर्णयको विरुद्ध महासंघले उठाएको माग प्रति राज्यले वास्ता नगरेको पाइएकाले अब कडा आन्दोलनको विकल्प नभएको बताउनु भयो । उहांले देशभरका २२ हजार २ सय ६६ सामुदायिक वनमा आबद्ध २९ लाख घरधुरीका एक करोड ४० लाख आबद्ध उपभोक्ता भएको महासंघलाई कमजोर नठान्न चेतावनी दिनुभएको थियो ।
सोही अवसरमा बोल्दै महासंघकी जिल्ला सचिव शारदा पोखरेलले हाल देशभर अभियानकै रुपमा रहेको १६ दिने लैगिंक हिसां विरुद्धको अभियानमा महासंघको सदैव साथ र सहयोग रहने बताउनुभएको थियो । बैठकमा जिल्ला महासंघका पदाधिकारी, स्थानिय महासंघका पदाधिकारी लगाएतको उपस्थिती रहेको बैठकको सञ्चालन सृष्टी सामुदायिक वनका सचिव लिलानाथ चौधरीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.