Jilla Ban Notis

सामुदायिक वनहरुद्धारा डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुखलाई विदाई ।

0 37

रमेश भुसाल

सुनवल,भदौं –२२
सामुदायिक वन उपभोत्ता महासंघ नेपाल नगर महासंघ सुनवल एंव यस अन्तर्गतका स्थानिय सामुदायिक वन उपभोत्ता समुहद्धारा डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख अंजीत कर्णलाई एक कार्यक्रमका विच विदाई गरेका छन् । वि.स २०७६ बैशाख ४ गते कार्यलयको प्रमुख भई आउनुभएका अजित कुमार कर्ण सरुवा भई प्युठान जान लाग्नु भएको हो । करिव १६ महिनको अवधिमा डिएफओ कर्णले नितिगत व्याबधान एंव विषम परिस्थीतिमा पनि कुशलता पुर्वक कार्य सम्पादन गरेको भन्दै यस क्षेत्रका सामुदायिक वनहरुले धन्यवाद ज्ञापन गरेका छन् । साथै आगामि दिनमा पनि थप सफलताको शुभकामना व्यक्त गरेका छन् ।

जिल्लामा रहेर सामुदायिक वन का वारेमा भएका छलफलहरु हाइटेन्सनको सवाल, हाइवे सेरोफेरोको रुखहरुको व्यावस्थापनमा, वैज्ञानिक वन व्यवस्थापनलाई कसरी सुढृड र व्यवस्थीत गराउने भन्ने सवाल , सामुदायिक वनलाई व्यवस्थीत गर्ने सवाल लगाएत समग्रतामा डिविजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख अजित कुमार कर्णको १६ महिने वसाई उपलब्धिमुलक र महत्पुर्ण रहेको सामुदायिक वन उपभोत्ता महासंघ नेपाल नगर मकहासंघ सुनवलका अध्यक्ष दिलिप चापागाईले बताउनुभयो ।

कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णवहादुर शेनले डिएफओ कर्णको कार्यकुशलताको पंशसा गनुभयो । बैज्ञानिक वन व्यावस्थापनका वारेमा आफ्नो धारणा राख्दै अध्यक्ष शेनले बैज्ञानिक वन व्यवस्थापन आफैमा राम्रो भएतापनि समुदाय संगको समवन्धमा भने चुकेको औल्याउनुभयो । वैज्ञानिक वन व्यवस्थापनलाई अगाडि वढाउदै गर्दा बर्षै देखि वनलाई सरक्षण गरेका समुदाय संगको समवन्धलाई पनि सुढृड गर्नु पर्ने उहाँको भनाई थियो ।

प्युठान सरुवा भई विदाई कार्यक्रममा सरिक हुनुभएका डिएफओ अजित कुमार कर्णले समुदायिक वनले विभिन्न ससस्या झेलिरहेको बताउनुभएको छ । नितिगत चुनौति सामुदायिक वनमा रहेको भन्दै उहाँले वैज्ञानिक वन व्यवस्थापन को वारेमा सवैलाई वुझाएर जानुपर्नेमा जोड दिनुभयो । वन जिवित उद्योग भएकाले यसलाई संचालन गरि फाइदा लिनु पर्नेमा जोड दिनुभयो । ढिला गरि पछिल्लो समयमा आएर वैज्ञानिक वन व्यवस्थापनमा संचालन गर्दा घाटा परेको समेत उहाँको भनाई थियो । पश्चिम नवलपरासीमा वैज्ञानिक वन व्यवस्थापन राम्रो भएको भन्दै सुनवल क्षेत्रमा वैज्ञानिक वन व्यावस्थापनमा लागु गरेको जनउदय सामुदायिक वनले राम्रो गरेको र विभिन्न संघ सस्थाहरु समेत अवलोकन गर्न आउने गरेको जिकिर गर्नुभएको थियो ।

सामाजिक दुरी कायम गरि गरिएको विदाई कार्यक्रममा सामुदायिक वन उपभोत्ता महासंघ नेपाल, नगर मकहासंघ सुनवलका अध्यक्ष दिलिप चापागाईको अध्यक्षता , जनउदय सामुदायिक वनका अध्यक्ष वल वहादुर थापाको स्वागत मनतब्य र मुलपानी सामुदायिक वनका सचिव यज्ञ प्रसाद पाण्डेको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु साथै सामाजिक व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.