Jilla Ban Notis

साना किसान कृषि सहकारी सस्थां बर्दघाटले ५१ हजार र वडा नं ५ ले ३२ हजार सहयोग ।

0 30

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२८
ेसाना किसान कृषि सहकारी सस्थां लि.माकर बर्दघाट न.प.ले बर्दघाट नगरको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरिएको छ । संस्थाका अध्यक्ष पशुपति न्यौपाने सहितको टोली नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मा वस्याललाई उक्त रकमको चेक हस्तान्त्रण गर्नु भएको थियो । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले उक्त आर्थिक सहयोग गरेको साना किसान कृषि सहकारी सस्थां लि.माकर बर्दघाटका अध्यक्ष पशुपति न्यौपानेले बताउनु भयो ।
त्यसैगरी बर्दघाट नगरपालिका ५ नं वडा समितिले पनि नगरको प्रकोप व्यवस्थापन कोषमा ३२ हजार सहयोग गरेको छ । भने सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बर्दघाट १३ ले पनि बर्दघाट नगरको प्रकोप ब्यबस्थापन कोषमा ३० हजार १ सय ११ रुपैयाँको सहयोग गरेको छ ।

Leave A Reply

Your email address will not be published.