Sarawal sit lahar Notis

साना किसान कृषि सहकारी संस्था पञ्चनगरले दुग्ध डेरी संन्चालन गर्ने

0 30

कृष्ण ढकाल
बर्दघाट,असार–३०
साना किसान कृषि सहकारी संस्था बर्दघाट–९ पञ्चनगरले आगामि श्रावण १ गतेवाट दुग्ध डेरी संन्चालन गर्ने भएको छ । बर्दघाट नगरपालिका पशुपंक्षी विकास शाखा मार्फत संघिय सरकारवाट २० लाख रुपैया अनुदान प्राप्त गरेसंगै साना किसान कृषि सहकारी संस्था पञ्चनगरले आगामि श्रावण १ गतेवाट दुग्ध डेरी संन्चालन गर्ने तयारीमा जुटेको हो ।
त्यसकालागि संस्थाले संघिय सरकारवाट प्राप्त २० लाख रुपैया अनुदानमा सहकारी संस्थाको २२ खाल ९५ हजार ३ सय ५ रुपैया लागत साझेदारी गरी दुग्ध डेरी संन्चालन गर्ने तयारीमा जुटेको संस्थाका अध्यक्ष नन्दलाल चौधरीले बताउनु भएको छ ।

दुग्ध डेरी संन्चालनका लागि संस्थाले दुध चिस्यान केन्द्र स्थापना कार्यक्रम अन्र्तगत ४२ लाख ९५ हजार ३ सय ५ रुपैया खर्च गरेको संस्थाका ब्यवस्थापक पूर्णचन्द्र घिमिरेले जानकारी दिनु भएको छ । जस्मा ५ लाख ६० हजार रुपैयाको जेनेरेटर,१५ लाख ८० हजार ३ सय ५ रुपैयाको चिलिङ भ्याट र २१ लाख ५५ हजारको दुघ ढुवानीका लागि गाडी खरीद गरी गरीएको ब्यवस्थापक घिमिरेले बताउनु भयो ।

श्रावण १ गतेवाट दुग्ध डेरी संन्चालन गर्नका लागि बर्दघाट नगरपालिकाको पशुपंक्षी विकास शाखा मार्फत खरीद गरीएका सामाग्रीहरु आज एक कार्यक्रमका विच नगर प्रमुख धिरज शर्माले हस्तान्त्रण गर्नु भएको थियो ।
साना किसान कृषि सहकारी संस्था बर्दघाट–९ पञ्चनगरले आफ्नो २१ औं स्थापना दिवस तथा दुग्ध डेरी सामान हस्तान्तरण कार्यक्रमको आयोजना गरी उक्त सामानहरु समेत सोहि कार्यक्रममा हस्तान्तरण गर्ने ताजोपांजो मिलाएको थियो ।

दुग्ध डेरी सामान हस्तान्तरण कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष तीर्थ बहादुर फौजदार,वडानम्वर ९ का चन्द्रकान्त चापागाई ,बर्दघाट नगरपालिका पशुपंक्षी विकास शाखा अधिकृत भरत लम्साल,कृषि विकास शाखा अधिकृत युवराज लम्साल ,पशु सेवा प्राविधिक राम प्रसाद पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.