Jilla Ban Notis

साना किसाना कृषि सहकारी संस्था लि. बर्दघाट १४ को १७ औं वार्षिक साधारणसभा  सम्पन्न । 

0 45

रामु भुषाल

बर्दघाट,मंसिर–२०

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड दाउन्नेदेवीको १७ औं वार्षिक साधारणसभा शुक्रबार सस्थाको प्रांगण गंगावस्तीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षता तथा सस्थाका जेष्ठ सेयर सदस्य टंक प्रसाद पौडेलको प्रमुख आतिथ्यता एवं कृषि सहकारी संघका जिल्ला अध्यक्ष उपेन्द्रमान प्रधानको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले आफु सस्थाको जेष्ठ सेयर सदस्य भएको नाताले प्रमुख अतिथी बनाएकोमा धन्यबाद ब्यक्त गर्दै सबै सेयर सदस्यहरुले सस्थाको निति नियममा रही उधमशिल कार्य गर्न आग्रह गर्नुभयो । सोही अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै उपेन्द्रमान प्रधानले समृद्ध राष्ट् सुखि नेपालीको लक्ष्यलाई अगाडी बढाउने हो भने सहकारीका सम्पुर्ण सदस्यहरु ब्यवसायिक र उत्पादनशिल हुदै सो लक्ष्यमा पुग्न कृषिलाई विशेष प्राथमिकतामा राखि व्यवसायिक र अत्याधुनिक कृषि प्रणाली लागु गरे मात्रै सम्भव हुने बताउदै यस सहकारीले आफ्ना सेयर सदस्यहरुलाई ब्यवसायिक बनाउन सिपमुलक तालिम प्रदान गरि सहकारीको ३० प्रतिशत रकम कृषी कार्यका लागी परिचालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अधिकारीले सस्थाले ग्रामिण क्षेत्रका विपन्न साना किसानका परिवारको जिवन स्तर माथि उकास्न गाउमा छरिएर रहेको स सानो पुजीलाई संकलन गरि विभिन्ँन सेवा ब्यवसाय गर्न पुजी निर्माण गरि लघुवित्त सेवा उपलब्ध गराउने र आर्थिक क्रियाकलापमा सहभागि एकका लागी सबै र सबैका लागी एक हुने सहकारीको भावना मुल्यमान्यता अनुसार काम गरिरहेको बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष तथा लेखा परिक्षणको प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका ब्यवस्थापक नविन घिमिरेले सस्थाको कुल ११ करोड ४ लाख ४६ हजार १ सय २१ रुपिया बराबरको आर्थिक आयब्यय विवरण प्रस्तुत गर्दै यस कृषी सहकारीले कुल ४३ लाख ४२ हजार ३ सय ५ रुपिया नाफा गर्न सफल भएको प्रतिबेदनमा मार्फत जानकारी गराउनुभएको थियो । कार्यक्रममा पशु विमा समितिको बार्षिक प्रतिबेदन सस्थाकी विमा अध्यक्ष राधा अधिकारीले यस आर्थिक बर्षमा विभिन्न अन्तर समुहबाट ९२ सेयर सदस्यले १ सय ८८ पशुहरुको विमा गरिएकोमा ५ पशूहरुको २ लाख ८८ हजार रकम प्रदान गरिएको प्रतिबेदन प्रस्तुत गर्नुभयो भने लेखा समयोजक शान्ता अर्यालले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिूय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोखरेल, साना किसान कृषी सहकारी सस्था लि माकरका अध्यक्ष पशुपति न्यौपाने, पुर्व अध्यक्ष हरि बास्तोला, सेयर सदस्य एवं पुर्व लेखा समयोजक ईन्द्र बहादुर गुरुंग लगाएतले मन्तव्य राख्नु भएको कार्यक्रममा उत्कृष्ट कृषक २ जना, जेष्ठ सेयर सदस्य ४ जना, उत्कृष्ट बचत समुह, एस ई ई मा उत्कृष्ट अंक प्राप्त गर्ने ४ जना सेयर सदस्यका छोरा छोरी लगाएतलाई सम्मान गरिएको थियो । संस्थाकी उपाध्यक्ष दिपा गुरुंगको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक नविन घिमिरेले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.