Jilla Ban Notis

सहकारीको क्षेत्रमा नयाँ कानुन आवश्यक ः– मन्त्री गिरी

0 62

तिलोत्तमा, १४ मंसिर ।
प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताएका छन् । उनले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताए ।तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीको १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले आर्थिक गतिविधिमा सहकारीबाट महत्वपूर्ण योगदान हुंदै आएको बताए ।
उनले प्रदेश सरकार सहकारीलाई अगाडि बढाउने गरी नयाँ कानुन बनाउने तयारीमा रहेको जानकारी दिए । आर्थिक रुपले मुलुकलाई अगाडि बढाउने गरी सहकारी क्षेत्रको नयाँ कानुन ल्याउन आवश्यक रहेको मन्त्री गिरीको भनाइ छ ।उनले आर्थिक उपार्जनका लागि सहकारी प्रमुख रहेको उल्लेख गर्दै भने–“अब सहकारी एकीकरणलाई अगाडी बढाउनु पर्छ ।” उद्योग धन्दा र कलकारखाना खोल्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले ठूलो लगानी गर्ने गरी अब सहकारीहरु एककीकरण हुनुपर्नेमा जोड दिए ।सहकारीका अध्यक्ष दिनेश फुल्लेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए । कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कर्यक्रममा तिलोत्तमा नगरपालिका आर्थिक विकास शाखा प्रमुख माधव पोखरेलले नगरपालिकाले यस क्षेत्रको विकासमा सहकारीलाई पनि आधारस्तम्भ मानेको बताए ।त्यस अवसरमा संस्थाका सल्लाहकार लोकेन्द्र न्यौपाने, जागृती सहकारी संस्थाका अध्यक्ष गणेश भट्टराई, लायन्स क्लव अफ चौतारीका उपाध्यक्ष एकदेव बस्याल, संस्थाका सचिव खगेश्वर भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।

Leave A Reply

Your email address will not be published.