Jilla Ban Notis

सरावल ५ बडहरामा सप्तचण्डी महायज्ञ शुरु ।

0 70

उमेश वि.क.
सरावल,माघ–२
बडहरा गाउँबासिको आयोजनामा देव स्थल निर्माण तथा हिन्दु धर्मको रक्षा र स्थानीय क्षेत्र बिकाशका लागि महायज्ञ शुरु भएको छ । महायज्ञका संयोजक शंकरप्रसाद चौधरीको संयोजकत्व तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपरासीका कार्यबाहक सभापति अर्जुन प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त यज्ञ शुरु भएको हो । सोअवसरमा पुर्ब सांसद बिक्रम खनालको बिशिस्ट आतिथ्यता रहेको थियो ।
विहिवार भएको कलशयात्रा तथा महायज्ञ सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपरासीका कार्यबाहक सभापति पोख्रेलले हिन्दु धर्मको रक्षाको निम्ति महायज्ञले ठुलो भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको बताउनु भयो । साथै नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न यज्ञले ठुलो भुमिका खेल्ने धराण ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै पुर्ब सांसद खनालले महायज्ञबाट सामाजिक सदभाव,अनुसाशन,समाजमा सकारात्मक सुधार,धार्मिक सामाजिक सद्भाव कायम तथा वर्तमानका युवा पिँढीहरुका लागि समेत महायज्ञ ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जोड दिनु भयो । उहांले सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार,आस्था तथा बिश्वासको संरक्षण र समाजिक सदभावको सम्बर्द्धनको लागि महायज्ञले ठुलो भुमिका खेलेको भन्ने कुरामा जोड दिनुभएको थियो ।
महायज्ञ तथा कलशयात्रामा नेपाली काङ्ग्रेसका नेता कुलदिप अचार्य,नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुखाडि प्रसाद चौधरी ,गोबरहिया प्रहरीचौकि इन्चार्ज सिकि ओलि , लक्ष्मण चौधरी,बालमुखुन्द चौधरी लगाएत किशोरी ,समाजसेवी,स्थानीय बासिन्दा तथा बडहरा गाउँबासिको सहभागीतामा कलशयात्रा सुभारम्भ भइ सम्पन्न भएको हो। माघ १० गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञ सयौंको संख्यामा बिशाल कलशयात्रा बडहराको कोटहिमाई मन्दिर हुदै पुर्नहा बडहराको कोटहिमाई मन्दिर बडहरामा आइ कलशयात्रा सम्पन्न भएको हो । माहायज्ञमा यज्ञाचार्य प्रवचनकर्ता पन्डित आचार्य श्री प्रविणानन्द पाण्डेयले प्रवचन गर्ने महायज्ञ संयोजक चौधरीले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.