Jilla Ban Notis

सरावल १ बासाबसहिमा फुड बैंक स्थापना

0 22
वासा,भदौं–१९
पश्चिमी नवलपरासीकाे सरावल गाउँपालिका वडा नं.१ बासा बसहिमा फुड बैंक स्थापना भएको छ। संकल्प प्रतिष्ठानकाे आयाेजना तथा we are from basa basahi काे समन्वय र विभिन्न सहयाेगि दाताहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ। साे कार्यक्रममा  ७५ घरधुरीलाई राहत वितरण गरिएकाे छ । संकल्प प्रतिष्ठान का अध्यक्ष शुसान्त शर्मा घिमिरेकाे अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी काे प्रमुख अतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत बुध्दप्रकाश पाैडेल काे बिशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा न १ का वडा अध्यक्ष भेषनारायण चाैधरी संकल्प प्रतिष्ठानका सल्लाहकार राजु ढकाल , समाजसेवी खिमलाल पाेख्रेल,चेतनारायण चाैधरी ,देवराज श्रेष्ठ , राधेश्याम चाैधरी लगायतको अतिथ्यतामा सम्पन्न भएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले ´´ हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं “ भन्ने मुल नाराका साथ संचालित फुड बैंकमा कार्यक्रम बाट गरिब ,अशाहाय , असक्त ,अनाथ बालबालिका र अपाङ्गता भएकाे ब्यक्तिहरुलाई सरावल गाउपालिका सधै सहयोग गर्दै आएकाे छ र प्रत्येक ब्यक्तिकाे सुख दुख मा साथ रहने र आवश्यक परेकाे बेलामा सधै सहयोग गर्ने छाै साथै संकल्प प्रतिष्ठान ले याे फुड वैक स्थापना गरेकाे कार्य प्रति पालिका भित्र उदाहरणिय काम गरेकाे मा सरावल गाउपालिका सदैव सहयाेग का लागि तयार रहने र आगामि दिनमा अझ कृयाशिल भई सामाजिक कार्यमा लाग्न सल्लाह सहित युवाहरुकाे साथमा पालिका रहेकाे अध्यक्ष चा‌ैधरीले बताउनु भएको थियो ।
साथै बिशिस्ट अतिथि पाैडेलले सरावल गाउपालिका भित्र रहेको स्थानीय बासिहरुकाे घरघरमा पुगि काेराेना महामारी काेभिड १९ काे अवस्था बुझ्ने र अवश्यक परेकाे खण्डमा विभिन्न खाद्यान्न सामाग्री उपलब्ध गराउदै आएकाे बताउनु भएको छ। कार्यक्रम मा बाेल्दै अध्यक्ष घिमिरेले तपाईंको सानाे सहयोगले कसैको जीवन बाच्न सक्छ ,त्यसैले आउनुहाेस हातेमालो गरौ ,सामाजिक अभियानकाे सारथि बनौ , भनाइका साथ सञ्चालित फुड बैंक कार्यक्रमले दैनिकी ज्याला मजदुरी गरी घरखर्च संचालन गर्दै आएका अति गरिब ,बिपन्न ,अनाथ बालबालिका ,अपाङ्गता भएको परिवार लाई राहात स्वरुप खाधान्य, दाल, तेल, नुन, तरकारी, चिउरा, सोयाबिन,दुध लगाउतका सामाग्रि बितरण गरीएको अध्यक्ष घिमिरेले बताउनु भयो ।
फुड बैंक सरावल गाउपालिका भित्र पर्ने वडा नं.१ देखि ७ सम्म परिस्थिति सहज नहुन्जेलसम्म सञ्चालन गर्ने भनी सोका लागी बिभिन्न स्थानिय तह राजनैतिक दल, उधोगी, ब्यापारी र समाजसेविहरु बाट यस फुड वैंकमा सहयोग गर्न समेत अध्यक्ष घिमिरेले अनुरोध गर्नुभएको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर भाेक बाट मर्न सक्ने गरिब , अनाथ बालबालिका , अशक्त परिवारले मात्र फुड बैंकमा आई सहयोग लिन समेत घिमिरेले अनुरोध गर्नुभएको छ । साे कार्यक्रमकाे सञ्चालन संकल्प प्रतिष्ठानका महासचिव सन्जय माैर्यले गर्नुभएको थियोे ।

Leave A Reply

Your email address will not be published.