Jilla Ban Notis

सरावल र प्रतापपुरमा क्वारेन्टाईन निर्माण ।.

0 23
उमेश बि.क 
सरावल,१२ चैत 
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ भुजहवा सेल्टर भवन, वाल्मीकि प्रा. बि मा दश बेड क्षमताको क्वारेन्टाईन निर्माण भएको छ। कोरोना भाइरस ९कोभिड( १९० को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सरावल गाउँपालिका बासिलाई सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो । ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए। ुहामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं। संक्रमित देखिएमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,अध्यक्ष चौधरीले भने। त्यस्तै सरावल गाउँपालिका बासिलाई कोरोना भाइरसबाट बचाउनको निम्ति कोरोनाबाट बच्ने उपाय सहितको सुचना गाडिबाट माइकिङ गरिएको गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभएको छ। सरावल गाउँपालिका वडा नं। १ देखि ७ सम्म प्रत्यक टोलटोलमा माइकिङ गरिएको गाउँपालिकाकी उपाध्यक्ष रायले जानकारी बताउनु भएको हो। कोरोना भाइरस विरुद्ध लडन सबै एकजुट हुनु पर्ने बताउदै सबैले आ(आफनो ठाउबाट सकेको सहयोग तथा घरभित्र सतर्कता पुर्बक रहनु र नेपाल सरकारको नियम पालना गर्नुपर्ने आग्रह गर्नु भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरिएकोले यसलाई पालना गर्न गाउँपालिका अध्यक्ष चौधरीले अनुरोध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलो धन भनेको हुनाले आफ्नो स्वास्थ्य प्रती सबैले ख्याल राखेर सरकारले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइको लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत आग्रह गर्नुभएको हो।विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस ९कोभिड( १९० बाट आफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै कोरोनाबाट बच्न जनसमुदायलाई आग्रह समेत गर्नुभएको हो। 
         त्यस्तै कोरोना रोग रोकथामका लागि प्रतापपुर गाउँपालिकाले क्वारेन्टाईन निर्माण गरेको छ।
त्रिभुवन क्याम्पस बेलाटारी र गोपीगंज स्थित बाल्मिकी बचत तथा ऋण संस्थामा क्वारेन्टाईन निर्माण गरिएको गाऊँपालिका अध्यक्ष राज कुमार शर्माले जानकारी दिनुभएको छ।  
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखा परिसकेको र समयमै नियन्त्रण नभए भयाभय स्थिति पैदा गर्ने बताउदै गाउँपालिकाबासीको सुरक्षाको लागि  क्वारेन्टाईनको निमार्ण गरिएको अध्यक्ष शर्माले बताउनु भएको छ।

Leave A Reply

Your email address will not be published.