Jilla Ban Notis

सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत

0 10

उमेश बि.क

सरावल, ६ माघ

नवलपरासीको सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएका बुद्ध प्रकास पौडेललाई स्वागत गरिएको छ। सोमबार सरावल गाउँपालिकामा पदभारको निम्ति आउनु भएका अधिकृत पौडेललाई जनप्रतिनिधि , कार्यालयका कर्मचारी तथा समाजसेवीहरुको उपस्थितिमा स्वागत गरिएको हो। गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले टिका तथा फूल मालाबाट कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए । त्यसै गरी उपस्थित सबैले फूल खादाबाट नवआगन्तुक कार्यकारी अधिकृतलाई स्वागत सम्मान गरेका थिए । स्वागत समारोहमा गाउँपालिकाका अध्यक्ष चौधरीले सबै मिलेर सरावलको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको छ , जसका लागि जन निर्बाचित ब्यक्तित्वहरुको जोस जाँगरसँगै कार्यकारी अधिकृतको अनुभवको भरपूर प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे ।

त्यस्तै कार्यकारी अधिकृत पौडेलले स्थानीयको सहयोग र समन्वयमा सरावल गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । सामाजिक, आर्थिक र राजनैतिक दृष्टिकोणले महत्वपूर्ण यस गाउँपालिकामा कृषि क्षेत्र, पर्यटकीय क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस गाउँपालिकाको विकास र स्तरोन्नतीको लागि आफु सधैं लागिपर्ने पौडेलले बताउनुभयो ।

नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुद्ध ज्योति प्रा।बिका प्र।अ बिनोद पाण्डेय ,नेपाल रेडक्रस सोसाइटी बालपुरी अध्यक्ष प्रदिप अग्रहरी ,महेन्द्र मा।बि सरावल प्र।अ धनिराम बि।क ,समावेशी दिनेश यादव लगाएतले स्वागत गर्दै स्थानिय कार्यसम्पादनमा सहकार्य गर्ने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.