Jilla Ban Notis

सरावल गाँऊपालिकामा मेलमिलाप कार्यकर्ता र सरोकार वालहरुविच अन्र्त्क्रिया कार्यक्रम सम्पन्न् ।

0 39

उमेश बि.क
सरावल,फाल्गुन– १९
सरावल गाँऊपालिका वडा नं. ३ र ४ मा मेलमिलाप कार्यकर्ता र सरोकार वालहरुविच अन्र्त्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउँपालिका वडा नं. ३ को कार्यलयमा भएको उक्त कार्यक्रममा बोल्दै न्यायिक समिति संयोजक तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायले स्थानिय तहलाई दिईएको अधिकारलाई कायान्वयन गर्न र स्थानिय स्तरमा अझपनि गाँऊपालिकामा न्यायका निम्ति आउने भन्दा अदालत तिरै जाने क्रम रहेकोले गाउँपालिका स्तरिय न्यायिक समितिले जनताका हक अधिकारको लागि न्यायिक कार्य गर्दछ भन्ने जानकारीका लागि यस्तो कार्यक्रमको आवस्यकता महसुस गरेर आयोजना गरिएको बताउनुभयो । अबका दिनमा सामान्य अधिकारकालागि पनि अदालत जानु नपर्ने कुरा बताउदै त्यसका लागि गाँऊपालिकामा रहेको न्यायिक समितिलाई निवेदन दिन आग्रह गर्नुभयो । अबका दिनमा अदालत जानुपरे पनि न्यायिक समितिको सरसल्लाह अनुरुप अगाडी बढ्न जनतालाई आग्रह गर्नुभयो ।   गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ३  का वडाअध्यक्ष अणेन्द्र राय, वडा नं. ४ का कार्यवाहक अध्यक्ष सुर्य नरायण यादव, योजना शाखा प्रमुख तथा न्यायिक राजिस्टार्ड राजन बस्याल ,बुद्ध ज्योति हात्तिवनको प्र.अ. बिनोद पाण्डे ,समाजसेवी हरिलाल यादव,मेलमिलापकर्ता ,समाजसेवी तथा अगुवा ब्यक्तित्वहरु लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख तथा न्यायिक राजिस्टार्ड राजन बस्यालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.