Jilla Ban Notis

सबिधानमा दलितहरुको हक अधिकार उल्लेख गरेपनि कार्यन्वयनमा नआउदाँ अझैपनि बिभेद ।

नवलपरासीमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपरासीको प्रथम भेला

0 33
गौरीशंकर जयसवाल
परासी २८ माघ
      दलितहरुको  हक अधिकार राज्यले सबिधानमा सुनिश्चित गरेपनि दलितमाथि अझैपनि बिभेद हुने गरेको परासी आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले राज्यले दलितको हक अधिकार सबिधानमा सुनिश्चित गरेपनि कार्यन्वयन नआउदाँ दलितमाथि भेदभाव हुने गरेको बताएका थिए । आज पश्चिम नवलपरासीमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपरासीको प्रथम ऐतिहासिक भेलामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । रामग्राम स्तुप संरक्षण प्रबद्र्धन समितीका एव नगरिक समाजका निर्वतमान अध्यक्ष शम्भुप्रसाद उपाध्याले दलित र गैर दलितको  बिच भिन्नता पनि दलित माथिको छुवाछुत हुने गरेकोले अब दलित पत्रकारहरुले अफनो कलम चलएर दलित माथि भईरहेको बिभेद अन्त्य गर्नुपर्ने जोड दिएका थिए । उनले कुनै पनि दलित व्यक्ति सामाजमा अगाडी बढीरहेको र दलितबाटै समाजमा खुट्टा तान्ने प्रावृधी कारणले गर्दा पनि दलितमाथि हुने बिभेद अन्त्य हुननसकेको बताए । यस्तै राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीले हाम्रो सामाजमा दलितहरुलाई हेर्नदुष्किोण फरक नभएसम्म दलितमाथीको बिभेद वा छुवाछुत नहट्ने बताए । दलित भएकै नाता पनि दलितमाथि हुने बिभेदको कारणले सामाजमा खुलेर दलितहरु आउने नसकेको यसले गर्दा दलितलाई सधैभरि दबीएर बस्ने बाध्य रहेको बराईलीले भनाई थियो  । उनले राष्ट्रिय दलित पत्रकार संघ ४६ वटा जिल्ला संगठन बिस्तार भईसकेको जानकारी दिए ।प्रदेशसभासदस्य  बैजनाथ जयसवालले सबिधान दलित बर्गहरुको हक अधिकार सुनिश्चितता गरेपनि कार्यन्यवन नहुदाँ प्रमुख कारण भएकोले र सरकारले दलित आयोग गठन गरेपनि आयोगले प्रभावकारी भूमिका निर्वाह नगरदाँ दलितमाथि हुने बिभेदको अन्त्य हुन नसकेको बताए । लोकतन्त्र र गणतन्त्रीक अन्दोलनमा पनि दलित पत्रकारहरुले कलम चलाएर  आन्दोलनमा  सफल पार्नमा भूमिका महत्वपूर्ण रहेको थियो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपरासीको अध्यक्षमा अभिषेक राव
राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपरासीको प्रथम भेलाले अभिषेक रावको अध्यक्षतामा ११ सदस्यी जिल्ला कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी हरिजन, सचिवमा रामकरण हरिजन सहसचिव  अमृता बि.क,र कोषध्यक्षमा श्यामबन्द हरिजन चयन भएका छन । त्यस्र्तै  सदस्यहरुमा पवन हरिजन, लक्ष्मी परियार, अजय हरिहन र रन्जित लोहार चयन भेलाले चयन गरेको हो । भेला समितीका संयोजक अभिषेक रावको अध्यक्षता तथा  प्रदेश सभा सदस्य बैजनाथ जैसवाल प्रमुख आतिथ्यतामा भएको भेला कार्याक्रममा  राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेशनं ५का  प्रदेश अध्यक्ष चिन्ता परियार, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन प्रदेश सदस्य अर्जुन क्षेत्री उमेश बिक, इन्दिरा बिक लगायतले बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.