Jilla Ban Notis

संघीयतापछि मुलुकमा विकासले तीव्रता पायो ः मन्त्री चौधरी

0 11

गौरीशकर जयसवाल
परासी, २४ मंसिर
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले संघीयतापछि मुलुकमा विकासले तीव्रता पाएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी९नेकपा० रामग्राम–१८ वडा कमिटीले आज धरमपुरमा गरेको श्रद्धान्जली सभामा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन । केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज समेत रहेका मन्त्री चौधरीले संघियतापछि मुलुकमा बिकासको तिब्रता बताएका छन् ।
रामग्राम स्तुपलाई केन्द्रमा राखेर आफ्नै पालामा ज्यामिरे देखि पण्डितपुर हुँदै रामग्राम र हरकट्टादेखि रामग्राम जोड्ने बुद्ध सर्किटको रिङ् रोड बनाउन सफल भएको बताएका छन् । उनले आफू मन्त्री भएपछि पश्चिम नवलपरासीमा एक वर्षमै एक अर्ब बढीका विकास योजनाहरु ल्याउन सफल भएको बताए ।
नेकपाको सरकारले विकास निर्माणसँगै नागरिकको आयआर्जन र रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले पार्टी एकताको विकल्प नभएको बताउनुभयो ।
रामग्राम–१८ का कार्यबाहक वडाध्यक्ष शेरबहादुर थारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा नगर कमिटीका कार्यालय सदस्य दीपक गैरे, नगर सदस्य चन्द्रप्रसाद पाठक लगायतले स्वर्गीय पाठकको योगदानको चर्चा गर्दैै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो भने स्वर्गीय चन्द्रकलाका छोरा नमकान्त पाठकले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.