Jilla Ban Notis

श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न

0 129

परासी ५ फागुन
नेकपा रामग्राम नगर कमिटीले श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेको छ । नेकपाका पार्टी संगठन सदस्य रबि गौतमको सातौ दिनको पुण्यतिथिमा रामग्राम नगर कमिटिले आज श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेको हो ।

रवि गौतमको गत माघ २८ गते सडक दुर्घटनामा परी ज्यान गएकोे थियो । नेकपा नगर कमीटीका अध्यक्ष हरिलाल यादवको अध्यक्षता र लुम्बिनी प्रदेशका भौतीक पूर्वाधार बिकास मन्त्री
बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न भएको हो ।

 

सो अवसरमा बोल्दै मन्त्री चौधरीले मृतक गौतम प्रति श्रद्धाञ्जली अर्पण गदै रविले पार्टीमा गरेको योगादानको चर्चा गर्नु भएको थियो । गौतम लामो सयम सम्म बालबालीकाको हक अधिकार का क्षेत्रमा काम गरेको प्रसाश गदै मन्त्रीले पार्टीले एउटा होनहार योद्ध गुमाएको मा पार्टी र आम नेता कार्यकर्ताहरु दुखि रहेको बताउनु भएको थियो ।
शोक सभामा नेकपाका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी ,नगर कमीटीका सचिव हिमाल गैरे लगायतले शोक मन्तव्य राखेका थिए ।

प्रेस संगठन पश्चिम नवलपरासीले पनि श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न् गरेको छ ।

प्रेस संगठन पश्चिम नवलपरासीले पनि आज नै पत्रकार रबि गौतमको सातौ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न् गरेको छ । संगठनका जिल्ला अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न् गरेको हो ।
सो समयमा प्रेस संगठनका सह–संयोजकद्धय कुस्माकर ढकाल, गौरीशंकर जयसवाल ,निर्वतमान जिल्ला अध्यक्ष विनय बस्याल,प्रदेश सदस्य राज कुमार रेश्मी,जिल्ला सदस्य रामु भूषाल,अभिशेक रावत,माधब घिमिरे लगायतका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.