Jilla Ban Notis

शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न् ।

0 17

कृष्ण ढकाल
बर्दघाट,बैशाख–५
अनेरास्ववियु नवलपरासीले नया बर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न् गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष रमेश नेपालीको अध्यक्षता र नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री चौधरीले पार्टी भित्रको अन्तरबिरोधका कारण अहिले विषम परिस्थितिको सृजना भएको बताउदै त्यसलाई सामना गरेर अघिबढ्न बिद्यार्थीहरुको समेत महत्वपूर्ण भूका रहने बताउनु भएको थियो । पार्टी भित्रका कुनै अवसरहरु तल्लो तह सम्म पुग्ने भएकाले तल्लो तहमा हुने भ्रमहरु चिरन बिद्यार्थी संगठनहरुको पनि योगदान रहने मन्त्री चौधरीको भनाई रहेको थियो ।
मन्त्री चौधरीले अनेरास्ववियुले नेता मात्र उत्पादन नगरी एउटा असल नागरिक अर्थात असल देशभक्त उत्पादन गर्न तर्फ अनेरास्ववियु बिद्यार्थी कमिटी लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

शनिवार बर्दघाटको दिब्य ज्योती बहुमुखि क्याम्परमा भएको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले अनेरास्ववियुले अहिलेको अवस्थामा सबै बिद्यार्थीहरुलाई समेटेर अझ एकजुट भएर पार्टीलाई सहयोग गर्नुपर्ने धारण राख्नु भएको थियो । उहांले नवलपरासीमा हुने नेकपा एमालेका कुनै पनि कार्यक्रमहरुमा अनेरास्ववियुको उल्लेखनीय सहयोग हुदै आएको बताउदै आगामि दिनमा अझ बढी सयोगको अपेक्षा पाटीले लिएको धारणा राख्नुभएको थियो । उहांले छुटेका बिद्यार्थी साथिहरुलाई पार्टीमा जोड्दै पार्टि लाई एक ढिक्का बनाएर चट्टानि एकताका साथ पार्टिलाई सहयोग गर्न अनुरो गर्नु भएको थियो ।

अनेरास्ववियु जिल्ला कमिटी नवलपरासीका सह संयोजक संजय मौर्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भगवती भण्डारी लगाएत जिल्लाका विभिन्न नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.