Jilla Ban Notis

शान्ति निकुञ्ज रेवती गौमाता माध्यामिक विद्यालयको ३९ औ वार्षिकोत्सव सम्पन्न् ।

0 55

कृष्ण ढकाल
बर्दघाट,फागुन–१
बर्दघाट नगरपालिका वडा नं. ५ पाल्डांडामा रहेको शान्ति निकुञ्ज रेवती गौमाता माध्यामिक विद्यालयको ३९ औ वार्षिकोत्सव कार्यक्रम विहिवार सम्पन्न् भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद शर्मा मरासिनीको अध्यक्षता र बर्दघाट नगरपालिका वडानं. ५ का वडाध्यक्ष रेश्मिराज भट्टराईको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न् भएको हो ।  सो अवसरमा विद्यालयका प्र. अ. विजय रत्न पराजुलीले विद्यालयको वार्षिक आर्थिक तथा शैक्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो । त्यसैगरी कार्यक्रममा उत्कृष्ट शिक्षकका रुपमा ११ र १२ कक्षा बाट शिव प्रसाद शर्मा तथा नि. मा. वि तर्फबाट राधा कुमारी पौडेल लाई सम्मान गरिएको विद्यालयका प्र.अ विजय रत्न पराजुलीले जानकारी दिनु भएको छ । कार्यक्रम शिक्षक शिव प्रसाद शर्माले सन्चालन गर्नुभएको थियोे ।

Leave A Reply

Your email address will not be published.