Jilla Ban Notis

विद्यालय व्यवस्थापन समिति गठन विरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्धा ।

0 142

बर्दघाट,असोज–२७
बर्दघाट नगरपालिकाले वडा नं.४ स्थित दाउन्नेदेवी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शुभाषचन्द« जिसी रहनेगरी ९ सदस्सीय विद्यालय व्यवस्थापन समिति गठन भएको पत्र असोज १९ गते विद्यालयलाई पठाए पछि
अहिले त्यसका विरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्धा परेको छ ।
बर्दघाट नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले नगर शिक्षा समितिको असोज १६ को निर्णय अनुसार शुभाषचन्द« जिसीलाई अध्यक्ष बनाएर ९ सदस्सीय विद्यालय व्यवस्थापन समितिको नाम पठाएको थियो ।
यस अघि दाउन्नेदेवी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि अभिभावक भेलाबाट ७ सदस्सीय उमेदवारी परेको थियो । ४ सदस्य मात्र छनौट गर्नुपर्ने व्यवस्था रहेको तर उमेदवार ७ जना मध्ये कसैले पनि उमेदवारी फिर्ता नलिएकाले विद्यालय व्यवस्थापन समिति गठन रोकिएको थियो ।
नगरपालिकाले एक पत्र मार्फत नँया विद्यालय व्यवस्थापन समिति गठन नुहुंदा सम्मका लागि भन्दै ९ सदस्सीय विद्यालय व्यवस्थापन समिति गठन गरेको पत्र विद्यालयलाई पठाए पछि उमेदवार रहेका सानु प्रेम बहादुर लामाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दर्ता गरेका थिए ।

Leave A Reply

Your email address will not be published.