Jilla Ban Notis

विद्यालयहरु पूर्णसंचालन नहुदांसम्म शुल्क नलिने प्याब्सन नवलपरासीको निर्णय ।(भिडियो सहित)

साउन १ गते देखि शिक्षकहरुको वेतलवि विदा

0 25

कृष्ण ढकाल
सुनवल,साउन–१
निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) नवलपरासीले आज पत्रकार सम्मेलनको आयोजनागरी आफ्नो संस्थागत निर्णयहरु सार्वजनिक गरेको छ । प्याब्सन नवलपरासीका अध्यक्ष ईन्द्र गुरुङ्गको अध्यक्षता र केन्द्रीय समितिका सल्लाहकार सुमनगोपाल आचार्यको प्रमुख आतिथ्यतामा सुनवलमा पत्रकार सम्मेलनको आयोजनागरी आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो ।
प्याब्सनले गरेका निर्णयहरुमध्येको महत्वपूर्ण भनियको पहिलो निर्णयमा जबसम्म विद्यालयहरु पूर्ण रुपमा संचालन हुदैनन् तब सम्म कुनै पनि विद्यालयहरुले कुनैपनि शैक्षिक शुल्क नलिने निर्णय गरीएको अध्यक्ष गुरुङ्गले जानकारी गराउनु भएको थियो ।
त्यसैगरी अर्काे दोस्रो निर्णयमा विना सटिफिकेट सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना गरेको पाईएकाले त्यसप्रति प्याब्सन नवलपरासीको ध्यानाआकिष्ट भएको जनाएको छ । प्याब्सन नवलपरासीले यस प्रकारका कार्यहरु तत्काल रोक्नुपर्ने अन्यथा आफुहरु धर्ना लगाएतका विरोधका कार्यहरु गर्न वाध्य हुने समेत निर्णय गरेको जनाएको छ ।  तेस्रो निर्णयमा असार मसान्त सम्मको शिक्षकहरुको पारीश्रमीक आफ्नो विद्यालयको अनुकुलमा रहेर ब्यवस्थापन गर्नेगरी निर्णय र साउन १ गते देखि सम्पूर्ण प्याप्सनमा आवद्ध विद्यालयहरुका शिक्षकहरुको वेतलवि विदा गर्नेगरी निर्णय गरीएको आज सुनवलमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
सोही अवसरमा बोल्दै प्याब्सनका केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्य,केन्द्रीय सदस्य सुवर्ण न्यौपाने,संस्थागत विद्यालय संजाल सुनवलका अध्यक्ष टि.पि. गैरे लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो ।

 

#प्याब्सन  #नवलपरासी #विद्यार्थी

Leave A Reply

Your email address will not be published.