Jilla Ban Notis

विद्यालयहरुले भर्ना प्रचार र शुल्क लिने कार्य रोक्न विद्यार्थी संगठनहरुको आग्रह ।

0 70

कृष्ण ढकाल
बर्दघाट ,असार–१३
नवलपरासी जिल्लाका विद्यार्थी संगठनहरुको संयुक्त बैठक आज सुनवलको भुमहिमा सम्पन्न् भएको छ । सो बैठकले जिल्लाका कुनै पनि विद्यालयहरुमा अहिले भर्ना अभियानको प्रचार प्रसार संचालन गर्न नदिने निर्ण गरेको छ । त्यसैगरी अहिले कुनै पनि विद्यालयहरु संचालन गर्ने अवस्था नरहेका कारण विद्यालयहरुले कुनै पनि वहानामा शुल्क लिन सक्ने भएकाले त्यसको खवदारी गर्ने र अहिलेको अवस्थामा सबै विद्यालयहरुलाई वैकल्पिक शिक्षण विधिवाट शैक्षिक गतिविधि गर्न आग्रह गर्ने निर्णय गरेका छन् ।

आज भएको संयुक्त बैठक पछि अनेरास्ववियू नवलपरासीका अध्यक्ष सुसान्त घिमिरे,नेपाल विद्यार्थी संघका नि. अध्यक्ष राजन भण्डारी ,अखिल क्रान्तिकारी नवलपरासीका प्रज्वल र जनता समाजवादी विद्यार्थी यूनियनका जिल्ला प्रतिनिधि ब्यासमुनि यादवले संयुक्त विज्ञप्ती जारी गर्दै सो कुरा उक्त विज्ञप्तीमा उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.