Jilla Ban Notis

विदेशमा बसेर होइन पसिना बगाउने, पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ः भिमकाजि गुरुङ्ग

0 24

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१
प्रहरीको जागीरवाट रिटारहुने समय शुरु भएसंगै स्वरोजगारको बाटो खेजेका भिमकाजी गुरुङ्गले २०७२ सालवाट आफ्नै परिवारका सदस्यहरु सबै रोजागर हुनेगरी कुखुरा फार्म संचालन गरे ।
प्रदेश नं. ५ को नवलपरासी जिल्ला,बर्दघाट नगरपालिका वडा नं.१६ ,सुर्यनगरमा गुरुङ्ग एग्रीकल्चर एण्ड पोल्ट्री फर्म संचालन गरेका भिमकाजीले अहिले आफ्नै परिवारका आठ जना सदस्यहरुलाई रोजगार दिएका छन् ।  बाल्यकाल देखि नै समाजका अरु बालक भन्दा फरक क्षमता भएका भिमकाजी सानै उमेरवाट फूटबल खेलाडीका रुपमा परिचित बन्दै अघिबढे ,पछि उनी प्र्रहरी सेवामा जागीरे बन्न पुगेपनि प्रहरीवाट खेलक्षेत्रमा समेत पहिचान बनाएका भिमकाजी सामाजका लागि पनि सबैका उदाहरणीय बन्दै गएका छन् ,। अहिले नेपालमा रोजगार छैन भन्दै विदेशिने युवालाई “विदेशमा बसेर होइन पसिना बगाउने, पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ।” भन्ने गतिलो उदाहरण दिन अहिले भिमकाजी एउटा पात्र बनेका छन् । खेती नगरेर बाँझो रहेको आफ्नै जग्गाको सदुपयोग गर्दै आफ्ना परिवारका सदस्यहरुलाई रोजगार बनाउनका लागि उनले अहिले करिव १ करोड ५० लाख लगानी गरेर अण्डा उत्पादन गर्ने ५ हजार कुखुरा पालेको बताउछन् ।
दुईवटा कुखुराको ब्यवस्थित खोर बनाएर कुखुरापालन ब्यवसाय गर्दैआएका भिमकाजीको फार्मवाट अहिले दैनिक ४ हजार ४ सय अण्डा उत्पादन हुनेगरेको छ । आफ्नै गाउँ–ठाउँको विकास पनि हुने , आय–आर्जन पनि हुने र समाज समृद्धि पनि हुने भएकाले अब युवाहरूले सकेसम्म स्वदेशमै आफैले स्वरोजगारको वातावरण सृजना गर्न तर्फ लग्नु पर्ने उहांको धारणा रहेको छ । कुखुरा पालन व्यवसाय सञ्चालन गरेका बर्दघाट– १६ का भिमकाजी गुरुङ्गले राम्रो आम्दानी गर्छन् । प्रहरीको जागीरवाट रिटारभएपछि कुखुरा पालन ब्यवसाय गरेर उहांले स्वदेशमा पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण सबैका माझ बन्नु भएको छ । कुखुरापालन व्यवसायबाट अहिलेसम्म राम्रो आम्दानी गरेको बताउने भिमकाजीले स्थानीयस्तरमा नै आम्दानीको स्रोत कसरी हुन्छ भन्ने उदाहरण गरेर देखाइदिएका छन् । पैसा कमाउन विदेश जाने युवा, स्वदेशमा पनि मिहिनेत गरेमा राम्रो आम्दानी गर्न सकिने र समाजका हरेक गतिविधिमा सहभागी हुदै समाज र आफ्न्तको सेवामा समेत सहभागिता जनाउन पाईने यस्ता बहुउपयोगी कार्य तर्फ तपाई हामी पनि वेलैमा लाग्ने कि ? यदि यसो गरीयो भने मानवपुँजी (युवाशक्ति)को निकासी गरेर मृत मानव शरीर आयात गर्ने नेपालको परिपाटीको अन्त्यहुने निश्चित छ ।

Leave A Reply

Your email address will not be published.