Jilla Ban Notis

विउबिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि तीन दिने तालिम

0 55

विनय बस्याल
परासी,मंसीर–१७
नेपाल बिउ व्याव्सायी संघ पश्चिम नवलपरासीको आयोजनामा विउबिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि तीन दिने तालिमको आज परासीमा समुदघाटन भएको छ। नेपालमा उत्पादन, ब्यावस्थापन, तथा बितरणको राम्रो व्यवस्था हुन नसक्दा रैथाने विउबिजन लोप हुनलागेको वक्ताहरूले बताएका छन्।
विउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ वाली विकास अधिकृत केशव देवकोटाले एक आर्थिक बर्षमा १ अर्व २७ करोडको विउबिजन नेपालमा बैधानिक रूपमा विदेशबाट आयात भएपनि नेपालको तराईमा भारतीय बजारबाट पनि करोडौँ रूपैयाँ बराबरको मल र विउबिजन अबैधानिक रूपमा भित्रने गर्दा हाईवृट बिउले किसानहरू समस्या मा पर्ने गरेको बताउनु भयो। नेपालमा २४० जातका उन्मोचन गरेका बिउहरू भएपनि त्यसको संरक्षण गर्न नसकेको हुनाले रैथाने विउबिजन लोपहुने अवस्थामा पुगेका देवकोटाले बताउनु भयो।

प्रमुख अतिथि जिल्ला कृषि ग्यानकेन्दरका प्रमुख देवेशकुमार मिश्रले पश्चिम नवलपरासी लगाएतका जिल्लाहरूमा विउबिजन सम्बन्धि अबैधानिक रूपमा खुलेका पसलहरु खुलेको जनगुनासो बढेपछि त्यसको रोकथामका लागि यस्तो तालिमको व्यवस्था गरेको बताउनु भयो। नेपालका पुराना बिउको संरक्षण गर्दै बिउहरू उत्पादन , भण्डारणको व्यवस्था मिलाएर किसानहरूलाई सफल विउबिजन हस्तान्तरण गर्नु पर्नेमा मिश्रले जोड दिनुभयो।  

बरिष्ठ बाली बिकास अधिकृत भैरहवाका प्रमुख दिपक सापकोटाले सम्पूर्ण विउबिजनको व्याव्सायी भएपछि किसानहरू मर्कामा पर्दा व्याव्सायी नै जवाफदेही हुनुपर्नेमा बताउनु भयो। नेपाल बिउ व्याव्सायी संघ पश्चिम नवलपरासीका कार्यबाहक अध्यक्ष दिपक कुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अव्दुल रहमान चुरिहर, प्रेस संगठन नेपाल पश्चिम नवलपरासीका संयोजक बेनीमाधव बस्याल, नेपाल बिउ व्याव्सायी संघ पश्चिम नवलपरासीका सदस्य हरिप्रसाद चापागाईं लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संस्थाका कोषाध्यक्ष चन्द्रप्रकाश गुप्ताले स्वागत तथा सञ्चालन सचिव मधुशुदन पौडेलले गर्नुभएको थियो।
३ दिने तालिममा पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु र अर्घाखाँचीका करिब ८० जनालाई दुई स्थानमा तालिमको व्यवस्था मिलाइएको छ।

Leave A Reply

Your email address will not be published.