Jilla Ban Notis

लुम्बिनी बौद्ध विश्व विद्यालयको विश्व विद्यालय सभा सदस्यमा सरिता भुसाल खनाल मनोनयन ।

0 20

कृष्ण ढकाल
बर्दघाट,असोज–४
लुम्बिनी बौद्ध विश्व विद्यालयको विश्व विद्यालय सभा सदस्यमा सरिता भुसाल खनाल मनोनयन हुनु भएको छ । उहांलाई लुम्बिनी बौद्ध विश्व विद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्व विद्यालय ऐन २०६३ अनुसार सदस्यपदमा मनोनयन गर्नुभएको हो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनकी केन्द्रिय सदस्य समेत रहनु भएकी खनाल दिब्यज्योति बहुमुखि क्याम्पस,नवलपरासीको प्राध्यापक संघ एकाइ समितिकी पुर्ब अध्यक्ष हुनुहुन्थ्यो । अहिले पनि खनाल दिब्यज्योति बहुमुखि क्याम्पसमा नै प्राध्यापक हुनुहुन्छ । उहांलाई विद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यहि भदौ ३० गतेको निर्णय अनुसार ३ वर्षका लागि कार्यकाल रहनेगरी मनोनयन गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.