Sarawal sit lahar Notis

लायन्स क्लब अफ नवलपरासी दाउन्नेद्धारा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण ।

0 130

कृष्ण ढकाल
बर्दघाट,पुष–१२
लायन्स क्लब अफ नवलपरासी दाउन्नेले बर्दघाट–२ आम्वासमा रहेको आम्वास आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बर्दघाट नगरको पहाडी क्षेत्रमा रहेका न्यून आयस्रोत भएका मानिसहरुका छोरा छोरीहरुलाई लक्षीतगरी न्यानो कपडा वितरण गर्ने क्लवको उद्धेश्य अनुसार सुईटर,टोपी,जुत्ता,कापी र कलम वितरणका लागि मोहन भट्टराईको संयोजकत्वमा आज आमवास विद्यालयका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरीएको क्लवका अध्यक्ष भिम प्रसाद सुवेदी ( मनोज) ले बताउनु भएको छ ।

क्लवका अध्यक्ष भिम प्रसाद सुवेदी ( मनोज)को अध्यक्षता र लायन डिस्टिक ३ सय २५ पि नेपालका सेकेन्ड भि.पि.पुरुषोत्तम भक्त प्रद्यानांग को प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुरुषोत्तम भक्त प्रद्यानांगले क्लवले साच्चैनै पुण्यकाम गरेको बताउदै आफुभन्दा कम आयस्रोत भएका मानिसहरुलाई सहयोग गर्न पाएकोमा आफुलाई समेत भाग्मानी महसुस भएको बताउनु भएको थियो । उहांले यसअघि पनि क्लबले थुप्रै सामाजिक कार्यहरु गर्द आएको बताउदै अझ प्रभावकारी कामहरु समाजका लागि गर्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।

त्यसैगरी लायन्स क्लब अफ नवलपरासी दाउन्नेका संस्थापक धिरज शर्मा बस्यालले क्लवले वास्तमै बर्दघाट नगरको पहाडी भागमा रहेका मानिसका छोराछोरीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएर मानवियकार्य गरेको बताउनु भएको थियो ।

कार्यक्रममा रिजनल नाईन चियरप्रसन मिना गुरुङ्ग,जोन नाईन्टी जोन चियरप्रसन कमला बस्याल,शिवकुमारी भट्टराई लगाएतको उपस्थिती रहेको कार्यक्रमको संचालन क्लबका सचिव सन्देश भण्डारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.