Jilla Ban Notis

लगत संकलनको लागी वडा स्तरीय समिति गठन ।

0 18
रमेश भुषाल
सुनवल,चैत–१८
 लगत संकलनको लागी पश्चिम नवलपरासीको सुनवल ४ मा वडा स्तरीय समिति गठन गरिएको छ । विश्वभर महामारिका रुपमा फैलीएको कोरोना भाइरसको रोकथामको लागी देशव्यापि रुपमा गरिएको लकडाउनको यस स्थीतिमा आपुर्ति व्यवस्थालाई सहज वनाउन र मजदुरी अभावमा गुजार चलाउन नसक्ने ब्यक्तिहरुको लगत संकलनको लागी सुनवल नगरपालिका वडा नम्वर ४ मा समति गठन भएको हो । वडा नम्वर ४ का अध्यक्ष विर वहादुर गुरुङको अध्यक्षतामा वसेको वैठकले लगत संकलनको लागी वडा स्तरीय राहात समिति गठन गरेको हो । जसको संयोजकत्वमा वडाअध्यक्ष विर वहादुर गुरुङ रहनुभएको छ । सदस्यहरुमा  कार्यापालिका सदस्य रमादेवि शर्मा, दशरथ कुमाल रहनुभएको छ भने  वडा सदस्यहरु गुन वहादुर थापा , वालकृष्ण पंगेनी,कुमिसार वि.क रहनुभएको छ । त्यस्तै सदस्यहरुमा किशोर कर्माचर्या, हरि प्रसाद कंडेल, मुरलीधर गौतम, रमेश भुसाल र इलका प्रहरी कार्यालय सुनवलका प्रतिनिधि रहेको छन् । गठित समितिले लकडाउनको यस अवस्थामा रोजगारीको अभावमा काम गर्न नपाएर दैनिकि गुजरा गर्न नसकेका व्यत्तिहरुको एकिन विवरण तयार पारी सुनवल नगरपालिकाको कार्यालयमा संकलित लगत  उपलब्ध गराउने, लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउने जस्ता कार्य गर्ने समितिका संयोजक विर वहादुर गुरुङले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.