Sarawal sit lahar Notis

रेडियो दाउन्नेले विबिध कार्यक्रम गरि आफ्नो १३ औँ स्थापना दिवस मनायो

0 67

रामु भुसाल
बर्दघाट फाल्गुन ५
लुम्बिनी प्रदेशको पुर्वी प्रबेश द्धार पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित सामुदायिक रेडियो, रेडियो दाउन्ने १०३.४ मेगाहर्जले आफनो स्थापनाको अवसर पारी स्थापनाको पुर्बसन्ध्यामा १३ औँ वार्षिक उत्सव मनाएको छ । रेडियो दाउन्नको आयोजना तथा जिसन नवलपरासी र प्याब्सन नवलपरासीको सयुक्त सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बर्दघाट ३ लगुनाह स्थित जानकी प्राथामिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई शैक्षिक समाग्री वितरण गर्दै रेडियोले आफ्नो बार्षिक उत्सव मनाएको हो ।

सस्थाका अध्यक्ष यम बहादुर थापाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाको समाजिक विकास समितिका समयोजक भिमकाजी गुरुंगको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गुरुंगले बार्षिक उत्सवका अवसरमा रेडियोलाई शुभकामना दिदै सामुदायिक रेडियो दाउन्नेले जनतालाई सुचनाको हक प्रदान गरेको र जनता सँग जोडिने माध्यम बनेको उल्लेख गर्दै सस्थाको लोक प्रियता जोगाई राख्न जरुरी रहेको बताउनुभयो ।

साथै उहाँले देशमा बिद्यमान जातीय, लैगिंक बिभेद, अन्धबिश्वास र कुसंस्कार लगायत हरेक खालका सामाजिक बिभेद उन्मुलनका लागी बिभेद रहीत सभ्य र समतामुलक समाज निमार्णका सवालमा महत्वपुर्ण भुमिका निबार्ह गर्न आग्रह गर्दै सञ्चार माध्यम सगं स्थानीय सरकार हातेमालो गर्न तयार रहेको बताउनु भयो । सो अवसरमा विशेष अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिका वडा नम्बर ३ वडाध्यक्ष प्रकाशचन्द्र अधिकारीले रेडियोको सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियो दाउन्नेले आफ्नो स्थापना दिवसको अवसरमा आफ्नो वडाको बिद्यालयलाई छनौट गरेकोमा धन्यवाद दिदै सञ्चार जगतले सामाजिक गतिविधि समेटिएका विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रशारण गरि समाज रुपान्तरणमा अहम भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहयोगी सस्थाको तर्फ देखी प्याब्सन बर्दघाट नगर अध्यक्ष सञ्जय ढुंगाना, विद्यालय ब्यवस्थापन समितकिा अध्यक्ष विरबहादुर लामिछाने, रेडियो सञ्चालक समिती सदस्य भोजराज बाराकोटी लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा रेडियो दाउन्नेका सञ्चालक समितिका सदस्यहरु, सल्लाहकार, सेयर सदस्य, कर्मचारी, स्थानयिबासी, बुद्धिजिवी, समाजसेवी, जननिर्वाचित प्रतिनिधि, रेडियोको श्रोता, सहयोगी सस्था जिसन र प्याब्सनका पदाधिकारी, विद्यालयका शिक्षक शिक्षिका लगाएत विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उक्त विद्यालयका ४५ जना छात्रछात्राहरुलाई शैक्षिक समाग्री वितरण गरिएको थियो । सस्थाका उपाध्यक्ष ईन्द्र बहादुर गुरुंगको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थााक सचिव गिरिराज पाण्डेले गर्नुभएको थियो ।
दाउन्ने सुचना तथा सहाकरी सस्था बर्दघाट ४ द्धारा सञ्चालित यस रेडियो दाउन्ने १०३.४ मेगाहर्ज २०६६ साल फागुन ६ गते स्थापना भै नवलपरासीको बर्दघाट बाट आफ्नो नियमित प्रशारण गर्दै आयेको छ।
रेडियोले हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो दाउन्नेमा अहिले प्रत्येक दिन नेपाली भाषाका खवर बुलेटिन, भोजपुरी भाषाको खवर बुलेटिन नियमित प्रशारण हुँदै आएको छ ।
यसैगरी देशमा आइपर्ने आपतकालिन विपत्तिलाई ध्यानमा राखेर रेडियो दाउन्नेले हर बखत प्रत्येक्ष प्रसारण समेत गर्दै आइरहेको छ । रेडियो दाउन्नेले बिभिन्न सुचना तथा संचारमुलक सामग्री प्रसारण गरी जनतालाई सचेत गराउदै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.