Jilla Ban Notis

रेडक्रस सोसाईटिद्वारा विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री बितरण

0 28

गौरीशकर जयसवाल
परासी –१९ जेष्ठ
अग्रपंक्तिमा खटिने सुरक्षार्मीहरूलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले सर्जिकल मास्क हस्तान्तरण गरेको छ । रेडक्रसका सभापति राजेन्द्रप्रसाद अग्रहरीले प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र मार्फत अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरूलाई सर्जिकल मास्क हस्तान्तरण गरेका हुन । अग्रपंक्तिमा खटिने नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनाका सुरक्षार्मीहरूलाई सर्जिकल मास्क हस्तान्तरण गरिएको शाखाका सभापति अग्रहरीले जानकारी दिए ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को बढ्दो संक्रमणबाट पनि सुरक्षित राख्ने उद्देश्यले मास्क बितरण गरिएको शाखाका जिल्ला सदस्य अर्जुन बहादुर क्षेत्रिले जानकारि दिए।यस्तै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई रेडक्रस सोसाईटि जिल्ला शाखाले स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।रेडक्रसले अग्रपंक्तिमा खटिने पृथ्वी चन्द्र आस्पतालका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ सामाग्री बितरण गरिएको हो ।


रेडक्रसका सभापति राजेन्द्रप्रसाद अग्रहरीले पृथ्वी चन्द्र आस्पताल बिकास समितिका अध्यक्ष जगदिश चौधरीमार्फत अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई अक्सिजन कन्सेटेरर१ थान ,लाईव्य साबुन २५ वटा,सेनेटाईजर ५ लिटर,सर्जिकल मास्क १ हजार पिस ,पिपिई सेट १० थान,डेडबडि प्याकेजीङ्ग ब्याग ५ थान स्वास्थ्य सामाग्रिहरू बितरण गरिएको शाखाका उपमन्त्रि माया अग्रहरीले बताईन ।त्यस्तै रेडक्रसले अग्रपंक्तिमा खटिदै आएका पत्रकारहरूलाई सर्जिकाल मास्क दिएको छ ।


रेडक्रसका शाखा सभापति राजेन्द्रप्रसाद अग्रहरीले नेपाल पत्रकार महासंघका जिल्ला कार्यसमितिका सदस्य गौरीशकर जयसवालमार्फत जिल्ला मा अग्रपतिमा खटिदै आएका पत्रकारहरूलाई ५ सय पिस सर्जिकाल मास्क बितरण गरिएको शाखाका कोषाध्यक्ष रामकुमार गुप्ताले जानकारी दिए ।त्यस्तै रेडक्रसले पाल्हिनन्दन गाउँपालिकालाई सर्जिकाल मास्क बितरण गरेको छ ।शाखाका सभापति अग्रहरीले पाल्हिनन्दन गाउँपालिकाको अध्यक्ष बैजुप्रसाद गुप्तालाई १ हजार पिस सर्जिकाल मास्क बितरण गरिएको शाखाका शाखा बरिस्ठ अधिकृत मुरारी प्रसाद गुप्ताले बताए ।

Leave A Reply

Your email address will not be published.