Jilla Ban Notis

राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियू नवलपरासीद्धारा फूड बैंकलाई खाद्यान्य सहयोग

0 16

कृष्ण ढकाल
बर्दघाट,भदौं–१७
हेल्मेट ग्रुप सुनवलले संचालन गरेको फूड बैंकलाई आज राष्ट्रिय युवासंघ नेपाल नवलपरासी र अनेरास्ववियू नवलपरासीद्धारा फूड बैंकलाई खाद्यान्य सहयोग प्रदान गरीएको छ । हेल्मेट ग्रुप सुनवलले सुनवल–६ विसाशयको पुलटोलमा संचालन गरेको सामाजिक अभियानमा नेकपा निकट भात्रृ संगठनले आफ्ना जिल्ला नेताहरुलाई उपस्थिती गराएर उनीहरु मार्फत करिव ३५ हजार रुपैया बराबरको खाद्यय सामाग्रीहरु हस्तान्त्रण गरीएको अनेरास्ववियू नवलपरासीका विद्यार्थी नेता निरज पौडेलले गाउ“ले दर्पण अनलाईनलाई जानकारी गराएका छन् ।
नेकपाका जिल्ला कार्यालय सदस्य बिमला अर्यालको प्रमुख आतिथ्यता र सचिवालय सदस्य थान प्रसाद गैरेको विषेश आतिथ्यता रहेको खाद्यान्न हस्तान्त्रण कार्यक्रममा नवलपरासी उद्योग वाणीज्य संघका अध्इक्ष केशव भण्डारी नेकपाका जिल्ला सदस्य रेशम शर्मा लगाएत विद्यार्थी नेताहरु विशाल गिरी,राजु ढकाल,विमल बगाले,गणेश गैरे,विनोद पुन,सन्देश कोईराला,सन्जय मौर्य लगाएतको उपस्थिती रहेको थियो ।
सो अवसरमा राष्ट्रिय युवासंघ नेपाल नवलपरासीका सह–संयोजक दिपक राना, अनेरास्ववियू नवलपरासीका संयोजक सुशान्त घिमिरे,राष्ट्रिय युवासंघ नेपाल सुनवल नगरकमिटी सह संयोजक विनोद पुनले आ–आफ्ना धारणा राखेका थिए ।
लकडाउन अर्थात बन्दाबन्दिका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा अति बिपन्न बर्गहरुलाई लक्षित गरि हेल्मेट ग्रुप सुनवलले संचालन गरेको फूड बैंक साच्चै नै गरीब तथा दीन दुःखीहरुका लागि एउटा सहयोगी बनेका कारण राष्ट्रिय युवासंघ नेपाल नवलपरासी र अनेरास्ववियूनवलपरासीले बुधबार खाद्यान्न सहयोग गरेको जनाएको छ ।
हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने मुल नारा सहित संचालित उक्तफूड बैंकमा राहात स्वरुप दाल, तेल, नुन, हरियो तरकारी, चिउरा, सोयाबिन लगाउतका खाद्यय सामाग्रिहरु परिवार संख्या हेरीकन प्रदान गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.