Jilla Ban Notis

राष्ट्रिय जनमोर्चा नवलपरासी द्वारा संघीयता खारेजीको माग गर्दै विरोध कार्यक्रम सम्पन्न

0 75

बर्दघाट,चैत्र–१४

राष्ट्रिय जनमोर्चा नवलपरासीको आयोजनामा बर्दघाट नगरपालिकाका विभिन्न स्थानमा कोणसभा सम्पन्न भएका छन्। बर्दघाट नगरपालिका वार्ड नं ५ को पाल्डांडा, बण्डाघोला र वार्ड नम्बर ४ स्थित बाढीपीडित धौलागिरी चोकमा समेत विरोध सभा सम्पन्न भएको छ।

उक्त कार्यक्रमहरुमा राजमो नवलपरासी जिल्ला सल्लाहकार सदस्य रेम राना, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष जितबहादुर पौडेल, राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला सदस्य तथा बर्दघाट नगरपालिका वार्ड नं ५ का जन प्रतिनिधि सोभाकन्त लामिछाने, राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला अध्यक्ष किसन बहादुर अधिकारी, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा वक्ताहरुले ूएउटा सरकार धान्न नसक्ने मुलुकमा प्रदेशका सरकारहरूको बोझ धान्न नसक्ने कुरा ब्यक्त गरेका थिए ।   उनीहरुले कर कैयौं गुणा बढी लिएर पनि सरकारले आखिर प्रसासनीक खर्च समेत धान्न नसकेपछि वैदेशिक ऋण लिएर प्रदेशको सुविधामा खर्च गर्नु पर्ने वाध्यता सृजना गरेर मुलुक र मुलुक बासीलाई ऋण थोपर्ने काम भएको भन्दै संघियता खारेजीको माग गरेका थिए ।

मुलुक घरेलु सामन्तवाद र भारतीय साम्राज्यवादको मात्रै नभएर अमेरिकी साम्राज्यवादको समेत प्रत्यक्ष हस्तक्षेपकारी भूमिका राष्ट्रिय स्वतन्त्र पार्टीको माध्यमबाट राष्ट्रिय राजनीतिमा हस्तक्षेप बढदै गएको आरोप लगाउदै उनीहरुले अब  नेपाली जनताले राष्ट्रिय स्वाधिनताको निम्ति  संघर्ष गर्नु पर्ने वाध्यता सृजना भएको  बताएका थिए ।

Leave A Reply

Your email address will not be published.