Jilla Ban Notis

राष्ट्रिय जनमोर्चाद्धारा  सुनवलमा विरोध प्रदर्शन ।

0 19

पुजा लम्साल

सुनवल,२६ जेठ
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता र नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरुद्ध सोमबार पश्चिम नवलपरासीको सुनवलमा विरोध प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा पश्चिम नवलपरासी र नेकपा मसालले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेको हो । प्रदर्शनमा सहभागिहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा माथि भारतले गरेको हस्तक्षेप बन्द गर्न सरकारसंग माग गरेका छन् । यसैगरि कोरोना संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणका नाम भएको भ्रष्टाचार रोक्न र खर्चको सबै विवरण सार्वजनिक गर्न माग गरेका थिए ।
कोरोना संक्रमणका बिचमा सरकारले ल्याएको बजेटमा नपत्याउदो तरिकाले एमसिसी छिराएर सार्वभौम सत्ता सम्पन्न मुलुकलाई अरुको हातमा सुम्पन खोजेको भन्दै विरोध जनाइएको थियो । बिरोध प्रर्दशन पछि भएको कोण सभालाई सम्बोधन गर्दै प्रमुख बक्ता राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पौडेलले एमसिसि राष्ट्रघाती भएकाले कुनै पनि हालतमा पास गर्न नहुने बताउनुभयो । उहाले एमसिसि भनेको नेपाललाई अमेरिकि फन्दामा बुझाउने र रणनैतिक रुपमा अमेरीकि सेना झिकाउने राजनिति भएको ठोकुवा गर्नुभयो ।
सो अवसरमा नेकपाका मसालका जिल्ला प्रवक्ता धनपति सापकोटा, नेकपा माओबादि क्रान्तिकारीका पे्रम रिमाल, नेकपा मालेका भरत पाण्डे , समाजसेबि देबि घिमिरे लगायतले भारतीय विस्तारबाद र एमसीसी सम्झौताको विरोध गर्दै त्यसको विरोधमा लाग्न सम्पुणर् नेपालीलाई समेत आग्रह गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनमोर्चाका जिल्ला सल्लाहकार उत्तम खरेलले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.