Jilla Ban Notis

रामग्राम-१८ मा युवा संघको वडा कमिटी गठन ।

0 27
परासी,१७ असोज
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको रामग्राम नगरपालिका- १८ बञ्जरियामा आज वडा कमिटी  गठन गरिएको छ ।   २१ सदस्यीय वडा कमिटीको संयोजकमा राजकुमार बस्याल र सहसंयोजकमा गोबिन्दप्रसाद चौधरी सर्वसम्मत चयन हुनुभएको युवा संघ रामग्राम नगर संयोजक जीवन भट्टराईले बताउनु भयो ।
नेकपा वडा कमिटी अध्यक्ष हरिबहादुर आलेको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य एवम् संघीय निर्वाचन क्षेत्र नं २ का संयोजक थानप्रसाद गैरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य एवम् प्रदेश २(२) का संयोजक जनार्दन कुर्मी, जिल्ला सचिवालय सदस्य लक्ष्मी क्षेत्री ,थमन सिंह नेपाली,धनपद यादव,राष्ट्रिय युवा संघका जिल्ला संयोजक युवराज डुम्रे,नेकपा नगर कमिटीका सदस्य दीपक गैरे,नमकान्त पाठक लगायतले बोल्दै वर्तमान नेकपा नेतृत्वको सरकारले छोटो समयमै जनताको भावना र मतको कदर गर्दै विकासको लहर ल्याएको बताउनुभएको थियो । नेकपाले धेरै काम गरेको तर प्रचार कम भएकोले व्यापक प्रचारप्रसार गर्न आग्रह पनि गर्नुभएको नेकपा वडा कमिटी सचिव कुमार आलेले बताउनुभयो ।
यसैबीच
सोही कार्यक्रमबाटपश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १८ बञ्जरियामा आज एकैपटक ८० जना विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । नेकपाको वडा कमिटीले आज पण्डितपुरमा गरेको राष्ट्रिय युवा संघ नेपाल रामग्राम- १८ नगर कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य एवम् संघीय निर्वाचन क्षेत्र नं १ का संयोजक थानप्रसाद गैरेले उनीहरूलाई पार्टी प्रवेश गराउनुभएको हो । प्रवेश गर्नेमा नेपाली कांग्रेस, राप्रपा र जनता समाजवादी पार्टीका रहेको नेकपा रामग्राम नगर कमिटीका कार्यालय  सदस्य दीपक गैरेले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.