Jilla Ban Notis

रामग्राम नगरपालिकाले बीस बेडको आईसोलेन्स सेन्टर संचालन ल्याएयो ।

0 36

गौरीशकर जयसवाल
परासी , २४ वैशाख
नयाँ भेरियन्ट कोरोना सक्रमित बढन थालेपिछ बेड अभाव हुन नदिनको लागि रामग्राम नगरपालिकाले आईसोलेन्सन सेन्टर संचालन ल्याएको छ । रामग्राम नगरपालिकाको वडा नं ४जितपुर स्थित पाल्हि क्याम्पसको भवनमा बीस बेडको आईसोलेसन सेन्टर संचालनमा ल्याईएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थिले जानकारी दिए ।
उक्त आईसोलेसनमा स्वास्थ्यकर्मि को प्रत्यक्ष निगरानी सहित सम्पूर्ण सुबिधा हुनेगरी बीस बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याईएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताएका छन ।
उक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि अस्पतालमा कोरोनाका बिरामीको चाप कम हुनुकासाथै वेड अभावमा ज्यान गुमाउने अवस्था नरहने नगर प्रमुख गुप्ताको भनाई रहेको छ ।

आइसोलेसन बेड नपाएर छटपटाईरहेका बिरामीलाई राहात पुग्ने जनाउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफुहरु दिनरात खटिएको नगरप्रमुख गुप्ताले जानकारी दिए ।रामग्राम नगरपालिकाले नियमित रूपमा पिसिआर परीक्षण र कन्ट«याक टेसिङ्ग पनि गरिरहेको बताउदै यसले पनि सक्रमण समुदास्तरमा फैलिन रोकथाम र नियन्त्रण हुने बताए ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङक्रमण पश्चिम नवलपरासीमा बढ्दै जादा निषेधाज्ञा गरिएको र त्यसको पालना गरि स्वास्थ्य सतर्कता अपनाउन नगरबासिहरूलाई नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार आग्रह गरेका छन

कोरोना संक्रमण बढ्दै जादा नगरपालिका भित्र रहेको सम्पूर्ण पसल र हाटबजार लगायत अन्य भिडभाड हुने ठाँउमा रोक लगाउनुका साथै तरकारी, फलफूल, खाद्यन्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री विक्री वितरण गर्ने पसल प्रत्येक दिन विहान ६ बजेदेखि ९ बजेसम्म जिल्ला प्रशासनले जारि गरिएको सुचानामा भनिएको हुदा पालना गरि स्वास्थ्य सतर्कता अपनाउनुपर्ने नगरबासिहरूलाई अग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.