Jilla Ban Notis

रामग्राम नगरपालिकाद्धारा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न् ।

0 67

माधव प्रसाद घिमिरे
बर्दघाट,पुष–११
रामग्राम नगरपालिका पशु सेवा शाखाको आयोजनामा आज रामग्राम नगरपालिका वडा नं १७ को बरारीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न् भएको छ । नगरपालिकाको वार्षीक निति तथा कार्यक्रम अनुसार आज सो शिविर सम्पन्न् गरीएको हो ।

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता र वडा नम्वर १७ का वडाध्यक्ष खको अध्यक्षतामा भएको शिविर समुद्घाटन कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा सम्पर्क कार्यालय परासीका डा.भरत काफ्ले,कार्यपालिका सदस्य रोशन कुमार शाह,सुनवल नगरपालिका पशु सेवा शाखामा कार्यरत जय नेपाल बानिया, रामग्राम नगरपालिका पशु सेवा शाखामा कार्यरत खेमराज पटेल लगाएतको उपस्थिती रहेको थियो ।

रामग्राम नगरपालिका वडा नं १७ बरारीका ३ सय किसानका करिव १ हजार पशुहरुका लागि निःशुल्क औषधी वितरण गरीएको रामग्राम नगरपालिका पशु सेवा शाखाका गोविन्दराज पौडेलले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.