Jilla Ban Notis

रामग्राम नगरपालिकाद्धारा काठमाडौं महानगरपालिकाको टोलीलाई स्वागत ।

0 14

गौरीशंकर जयसवाल
परासी,मंसीर–१२
नवलपरासीको रामग्राम नगरपालिकाले काठमाडौं महानगरपालिकाको टोलीलाई आज परासीमा स्वागत गरेको छ । दुई नगरपालिका विच भगीनी सम्बन्ध कायम गर्न आज परासी आईपुगेको टोलीलाई आज परासीमा स्वागत गरीएको हो ।
काठमाडौं महानगरपालिका काठमाण्डौंका मेयर विद्यासुन्दर शाक्यको टोलीलाई रामग्राम नगरपालिका परासीका मेयर नरेन्द्र कुमार गुप्ताको टोलीले एक कार्यक्रमका विच स्वागत गरेको थियो । शुक्रबार सांझ परासी आएको शाक्यको टोलीलाई रामग्राम नगरपालिकामा नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, उपप्रमुख रम्भा कुंवर, प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी लगायतले स्वागत गर्नुभएको थियो ।

त्यसैगरी शाक्यको टोलीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यह, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
भोली शनिवार भगिनी सम्बन्ध स्थापनाका लागि संयुक्त हस्ताक्षर गर्ने कार्यक्रम रहेको रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.