Jilla Ban Notis

रामग्राम नगरपालिकाकी उपमेयर सामाजिक मान्यता तोड्दै पिताको किरियामा ।

0 20

वैशाख–१४
नवलपरासीको रामग्राम नगरपालिकाकी उपमेयर रम्भाकुवंर सामाजिक धार्मिक मान्यता तोड्दै आफ्नो पिताको काजकिरियामा वसेकीछन् । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक धार्मिक मान्यता तोड्दै उपमेयर रम्भाकुवंर सहित उनका ७ बैनि यतिवेला आफ्नो पिताको काजकिरियामा वसेकीछन् । रामग्राम नगरपालिका– वडा नं.५ का स्थानिय समाज सेवि गोपालनाथ ढकालकी छोरी उपमेयर रम्भाकुवंर सहित सात बैनी छोरीहरु आफ्ना पिताको किरियामा बसिरहेका छन् । अहिले ६ बहिनी परासीमा र एक बहिनी जापानमा किरिया बसेको उपमेयर कुंवरले बताउनुभयो । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आफूहरु किरिया बसेको सात बैनी मध्येकी एक रम्भा कुंवरले बताउनुभयो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू समानताको सन्देश दिन किरिया बसेको उहाँले बताउनुभयो । ‘छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई दिनुभएको छ, छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौँ, पिताकै कारण आज हामी यो स्थानमा छौँ’उहाँले भन्नुभयो ।  समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ । समाजको मौलिक संस्कृति पनि जोगाउने र समाज परिवर्तनमा सकरात्मक भूमिका खेल्ने सातै बैनीको एक स्वर रहेको छ ।

Leave A Reply

Your email address will not be published.