Jilla Ban Notis

रामग्राम जेसीजद्धारा ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण

0 22

मोहन पौडेल

परासी, २६ भदौ

ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले रामग्राम जेसीज परासीले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रमबीच ट्राफिक प्रहरी पोष्ट परासीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दीप अग्रहरीले पोष्टका ट्राफिक प्रहरी सहायक निरीक्षक बसन्त पौडेललाई चेकिङ् बोर्ड हस्तान्तरण गर्नुभएको हो । कोभिड १९ को महामारीमा जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञामा पनि सवारी दुर्घटनामा कमी आउन नसकेकोले दुर्घटना न्यूनीकरण गर्दै ट्राफिक व्यवस्थापन गर्न सहयोग पुगोस् भनेर ट्राफिक प्रहरीलाई उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष अग्रहरीले बताउनुभयो ।

उक्त अवसरमा ट्राफिक प्रहरी सहायक निरीक्षक बसन्त पौडेल, रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी, निवर्तमान अध्यक्ष नारायण सुवेदी, कार्यकारी उपाध्यक्ष सदन पौडेल, पर्यटन निर्र्देशक मोहन पौेडेल लगायतले बोल्दै जेसीज र ट्राफिक प्रहरीबीच सहकार्य रहिरहने र यो सहयोगले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.