Jilla Ban Notis

रामग्राम जेसीजद्धरा दृष्टिविहिन बालबालिकालाई झोला र टिर्सट बितरण ।

0 36

गौरीशंकर जयसवाल
परासी, फागुन १३
नवलपरासीको सदरमुकाम परासीमा रहेको आर्दश माध्यमिक विद्यालयमा संञ्चालित छात्रावास सहितको दृष्टिविहिन स्रोत कक्षा संञ्चालनका लागी आवश्यक भौतिक पुर्वाधारको अभाव देखिएको छ । मगंलबार रामग्राम जेसिजले आयोजना गरेको दृष्टिविहिन संगको एक पल कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले भौतिक पुर्वाधारको अभाव भएको बताए । छात्रावास, बालबालीकाको बसोबास अपाङ्ग मैत्रि हुन नसकेको र छात्र छात्रालाई छुट्टा छुट्टै राख्नुपर्ने भएपनि त्यस्को व्यवस्थापन गर्न नसकिएको बताए ।  ।दृष्टिविहिन स्रोत शिक्षक टेक नारायण पान्डेले कक्षा संञ्चालनका क्रममा प्राप्त भएका शैक्षिक सामाग्रि बाहेक सरकारले कुनै पनि थप शैक्षिक समाग्रि उपलब्ध नगराउदा समस्या भएको बताए  । पाठ्यपुस्तक उपलब्ध गराएपनि थप शैक्षिक सामाग्री नहुँदा पठनपाठनमा समस्या भएको उनको भनाई छ ।
हाल १९ जना दृष्टिविहिन बालबालीका विद्यालयमा अध्ययन गर्दे आएका छन । उनिहरु एउटै हलमा प्लाईले आधा पार्टेसन गरिएको कोठामा बस्दै आएका छन ।रामग्राम जेसिज वर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता तथा जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख डोलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले विभिन्न क्षेत्रले दृष्टिविहिनहरुलाई सहयोग गरेपनि सरकारी तवरबाट नै प्रभावकारी सहयोग हुन नसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य रामरतन हरिजन, रामग्राम जेसिजका पूर्व अध्यक्ष पुरषोत्तम ढकाल, रामग्राम महिला जेसिजका निर्वतमान अध्यक्ष विमला सिंह, पूर्व अध्यक्ष लक्ष्मी क्षत्री लगाएतले आ आफ्ना भनाई राखेको कार्यक्रम संयोजक वेनिमाधव बस्यालले जानकारी दिए । उनिहरुलाई जेसिज अध्यक्ष अग्रहरीले झोला र पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको तर्फबाट टिर्सट वितरण गरिएको महासचिव चन्द्रमणी चौधरीले जानकारी दिएकाछन् ।

Leave A Reply

Your email address will not be published.