Jilla Ban Notis

राजनितीक दलहरुद्धारा सशस्त्र प्रहरीलाई कार्वाहीको माग ।

0 19

गौरीशंकर जयसवाल
परासी १८ बैशाख
नवलपरासीका राजनितीक दलहरुले पाल्हीन्दनका जनतालाई कुटपिट गर्ने प्रहरीलाई कार्वाही गर्न माग गरेका छन । उनीहरुले सशस्त्र प्रहरीले निर्दोष जनतालाई आन्धा धुदा लाठी प्रहारगरी प्रहरीले घाईते बनाएको भन्दै कर्वाहीको माग गरेका हुन । अफनो पसलमा रातीको बेला झुल लिन जादाँ शसस्त्रप्रहरीले उनीहरुलाई बोलाएर कुटपटि गरेको भन्दै घट्नामा संग्लन सशस्त्र प्रहरीमाथि कार्वाही गनुपर्ने जनता समाजबादी पार्टीको जिल्ला नेता मुकुरजी गिरीले माग गर्नु भएको छ । उहाँले सोझा जनतालाई पसलमा झुल लिन गएको बेला प्रहरीले बोलाएर कुटपटि गर्नु सशस्त्र प्रहरीले गुडागर्दी गरेको भन्दैघोरभत्सना गर्नु भएको छ । आज प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा जनता समाजबादीका नेता धरेन्द्र यादवले घट्नाको छानबिन गरी सत्य तथ्य पत्ता लगाएर घट्नामा संग्लन सशस्त्र प्रहरीलाई कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी बासुदेब दाहाललाई अग्रह गर्नु भएको थियोे । शसस्त्र प्रहरीको कुटाईबाट पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ४ जना घाईते भएको बताईएको छ । लाठि प्रहार बाट स्थानिय दुई बालक एक महिला र एक वृद्ध घाईते भएको बताईएको छ । घाईते हुनेमा १० वर्षिय बालक अखिलेस गौड, १४ वर्षिय मुन्ना गौड र ६५ वर्षिय वृद्ध पुर्णबासी गौड रहेको र एक महिलाको नाम नखुल्ोको जनाईएको छ ।
राति सुत्नका लागी झुल लिन गएको छोरालाई प्रहरीले मोबाईल खोसेर एक्कासि कुटपिट गरेको अखिलेसका बाबु सुरेन्द्र गौडले जानकारी दिए । छोरालाई राति सुत्नका लागी अर्को घरमा झुल लिन पठाएको थिए, त्यहि बेला शसस्त्र प्रहरीले मोबाईल समेत खोसेर कुटपिट गरेछन् गौडले भनाई छ । उनले भने सशस्त्र प्रहरीले कुटपिट गरेको देखेपछि बुवाले किन नातिकुटेको भनेर सोध्न जादा वृद्ध बुवालाई पनि कुटे बताए। । सशस्त्र प्रहरीको कुटाईबाट ६५ बर्षिय पूर्णबासीको हातमा र टाउँकोमा गम्भिर चोट र १० वर्षिय बालकको हात भाच्चिएको बताईएको छ भने १४ वर्षिय मुन्नाको टाउको, पिठ्यु, पेट र हातमा चोट लागेको जनाईएको छ ।उनीहरु चारै जनाको पृथ्बी चन्द्र आस्पतालमा उचार भैरहेको बताईएकोे छ । प्रमुुख जिल्ला अधिकारी बासुदेव दाहालले घटनाको छान बिन गरी तथ्य सत्य पत्ता लागएर घट्नामा दोषी पाईएका दोषीमाथि कार्वाही गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
यता यस विषयमा बुभ्mदा शसस्त्र प्रहरी २६ नम्बर गणका प्रहरी उपरिक्षक भरत खनियाँले भने मदिराको तस्करी भईरहेको पाईएकाले रोक्न खोज्दा गाँउनै प्रहरी माथी जाई लागेपछि प्रतिरक्षा गर्नुपरेको जानकारी दिनु भयो । लकडाउनका कारण मदिरा पाउन गाह्रो छ तीनीहरुले सिमा क्षेत्रमा मदिरा तस्करहरु सक्रिया भएकोले उनिहरुलाई नियन्त्रणमा लिन खोज्दा भागेको र केहि समय पछि धेरै मानिसहरु एकैपटक आएकाले प्रतिरक्षा गरिएको खनियाँले बताउनु भयो । तर भगतपुरका स्थानियबासीहरु भने मदिरा सिमापारी नलगेको दाबी गर्दै प्रहरीले घरमा पसेर अन्धाधुन्दा लाठी प्रहरगरेको बताएका छन ।

Leave A Reply

Your email address will not be published.