Jilla Ban Notis

रम्भादेवी बचत तथा ऋण सहकारी संस्थाको  वार्षिक साधारणसभा सम्पन्न

0 36

रामु भुसाल

बर्दघाट, पौष–७

रम्भादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ४ पश्चिम नवलपरासीको ७ औं वार्षिक साधारणसभा सोमबार बर्दघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षता, जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका उपाध्यक्ष वृहस्पती अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले नेपालको सहकारी आन्दोलनमा सहकारीको संख्यात्मक हिसाबले धेरै रहे पनि गुणात्मक हिसाबमा अझै धेरै कार्यहरु गर्नुपर्ने बताउदै सहकारी आन्दोलनमा महिलाको सहभागिता उल्लेख्य रहेको र महिलाहरुलाई विशेष गरि सहकारीहरुले आय आर्जन संग जोड्न सक्नुपर्ने बताउनुभयो । सो अवसरमा बर्दघाट नगरपालिका सहकारी शाखा प्रमुख कृष्ण मरासिनी,संस्थाका सल्लाहकार एवं पुर्व अध्यक्ष जगन्नाथ ढकाल,सुर्य गंगा साकोसका अध्यक्ष जनक रावल,उद्योग बाणिज्य संघ बर्दघाटका सदस्य पदम सुनार लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष श्रेष्ठ र संस्थाको निति तथा अगामी कार्य योजना प्रतिवेदन सचिव जितेन्द्र चौधरी,लेखा प्रतिवेदन लेखा संयोजक सरिता ढकालले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको कुल ८४ लाख ४९ हजार ७ सय ६८ बराबरको आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाको कोषाध्यक्ष चेतनारायण ढकालले आर्थिक वर्ष २०७५/०७६ मा कुल २ लाख ९१ हजार २ सय ५ रुपैया संस्थाले शुद्ध नाफा गर्न सफल रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उत्कृष्ट बाल बचत कर्ता, आश्रिया श्रेष्ठ,उत्कृष्ट नियमीत बचत कर्ता राम प्रसाद जैसी, उत्कृष्ट दैनिक बचत कर्ता देबेन्द्र प्रसाद गुरौं र असल ऋणी उसा ज्ञवालीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । संस्थाका कार्य समिती सदस्य रेम बहादुर रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव जितेन्द्र चौधरीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.