Jilla Ban Notis

युवा सचेतना संस्थाले गर्यो निःशुल्क मास्क बितरण

0 19

उमेश बि.क
नवलपरासी ,२६ साउन
पश्चिमी नवलपरासीको रामग्राम नगरपालिका वडा नं। १२ परासी भुमहि सडकखण्डको शान्तिचोकमा निःशुल्क मास्क बितरण एवं चालक सम्मान कार्यक्रम गरिएको छ। युवा सचेतना संस्था रामग्राम २ नवलपरासीको आयोजजना तथा जिल्ला प्रहरी कार्यालय ,ट्राफिक प्रहरी कार्यालय,भोजपुरी पत्रकार हकहित संरक्षण संस्था ,कालिका युवा क्लब ,साझा युवा क्लब,परिवर्तन सामाजिक बिकास संस्था ,पाल्हिनन्दन समाज उत्थान संस्था तथा सोसल युवा क्लबको संयुक्त समन्वयमा युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलिको संयोजकत्वमा निशुल्क मास्क बितरण एवं चालक सम्मान गरिएको हो।  समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिदैँ गएको तर मानिसहरुमा माक्स नलगाई हिँड्ने हेल्चेक्राई बढ्न थालेपछि यो अभियान सञ्चालन गरिएको युवा सचेतना संस्थाका अध्यक्ष अलिले जानकारी दिनुभएको छ।
निःशुल्क मास्क बितरण एवं चालक सम्मानको क्रममा भेटिएका अधिकांश व्यक्तिहरुले माक्स भएपनि नलगाई हिँडेको तथा कतिपयले माक्स नै नलगाउने गरेको पाईएको थियो । उनीहरलाई सम्झाई बुझाई गर्नुका साथै माक्स नभएकालाई माक्स वितरण गरिएको तथा सवारीसाधनको सम्पुर्ण कागजात रहेको र मास्क लगाएको सवारीचालकलाई खादा ओढाई सम्मान गरिएको थियो ।
बिश्व अभियानका लागि युवा सहभागीता,रोजगारी प्रवर्द्वन र वातावरण संरक्षणमा युवा संलग्नताू मुलनारामो साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा आयोजित निशुल्क मास्क बितरण एवं चालक सम्मान कार्यक्रममा ५० जना चालकलाई खादा ओढाई सम्मान गरिएको तथा ३०० निशुल्क मास्म बितरण गरिएको कार्यक्रममा युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलि,रामग्राम नगरपालिका वडा २ वडा सदस्य धिरज हलुवाई ,भोजपुरी पत्रकार हकहित संरक्षण संस्था अध्यक्ष उमेश कुमार कि।क , पत्रकार रन्जित शर्मा ,राज चौधरी ,प्र।ना।नि बौद्ध शंकर थारु,प्र।स।नि हुमनाथ पौडेल,प्र।ह तिलक राम भट्टराई ,प्र।स।नि संगित परियार ,संस्थाका वरिष्ठ सल्लाहकार सुधिर चोैधरी ,सचिव समासद जोल्हा लगाएतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.