Jilla Ban Notis

युवाहरुको जिम्मेवारी मुलुकलाई समृद्धि बनाउने हो ः मन्त्री चौधरी (भिडियो सहित)

राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्लाकमिटिले गर्यो शपथ ग्रहण

0 29

कृष्ण ढकाल
बर्दघाट,असोज–२४
अहिलेका युवाहरुको जिम्मेवारी मुलुकलाई समृद्धि बनाउने रहेको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताउनु भएको छ । उहांले अब मुलुकलाई समृद्धि बनाउने दायित्व युवाहरुको का“धमा आएको बताउदै त्यसका लागि विषेशगरी राष्ट्रिय युवा संघ नेपालले त्यसको अगुवाई गर्नु पर्ने धारणा राख्नु भएको छ । आज राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि नवलपरासीको शपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो ।

त्यसैगरी मन्त्री चौधरीले प्रदेश नं. ५ को नामाकरण र राजधानीका विषयमा समेत प्रदेश सरकारले गरेको कार्य र पार्टीको निति निर्देशनका वारेमा समेत प्रष्टपार्ने कोसिस गर्नु भएको थियो । उहांले प्रदेशको राजधानीका लागि आफू बुटवलको पक्षधर रहेपनि पार्टी अनुशासन कायम राख्न दाङ्को पक्षमा मतदान गरेको दावी गर्नुभयो । मन्त्री चौधरीले राजधानीका लागि बुटवललाई पनि दुई तिहाई मत नपुग्ने स्थिति रहेकोले पार्टीले ह्विप लगाएको र मतदानमा पार्टीका कुनै पनि सांसदले ह्विप उल्लघंन नगरेको बताउनुभयो ।

त्यसैगरी मन्त्री चौधरीले बुटवल राजधानी हुने अवस्था नभएपछि बुटवल भैरहवालाई वित्तिय राजधानी तथा कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई सांस्कृतिक पर्यटकीय राजधानी बनाउने प्रस्ताव आफैले लगेको बताउनु भएके थियो ।
राष्ट्रिय युवा संघका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षता र नेकपाका लुम्बीनी प्रदेशका सह ईन्चार्ज, प्रदेश नं। ५ का भौतिक पुर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नवलपरासी जिल्ला का ७१ सदस्य जिल्ला कमिटिलाई केन्द्रिय वरिष्ठ सदस्य किरण पौडेलले शपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद,जिल्ला सचिव तुलसी पासी, राष्ट्रिय युवा संघका केन्द्रिय वरिष्ठ सदस्य किरण पौडेल, केन्द्रिय सचिवालय सदस्य केहर सिंह कुंवर, केन्द्रिय सदस्य प्रकाश भट्राई ,प्रदेश सदस्य भगवती भण्डारी लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सह संयोजक दिपक रानाले गर्नु भएको थियो । https://www.youtube.com/watch?v=0p5uNTIlPW8

Leave A Reply

Your email address will not be published.