Bardaghat Na pa

म चाहन्छु ।

226

बडाउन चाहान्छु अगाडी म यो देशलाई डोर्याई
हरेक चेहेरा लाई यि नयनमा बसाई
हरेक ओठमा ति मुस्कानको बहाड ल्याई
अनि हरेक साँझमा बुडियाको चुलोमा आगो दन्काई ।

विदेशीयका साथिलाइ स्वदेशमै फर्काई
भविष्यका सपना मातृभुमी मै देखाइ
राहादानि होइन कृषि प्रमाणपत्र समाई
खाडीमा होईन जिवन तुलसिको महमुनि टुङ्ग्याइ।

संघियताका साथ अघि बडि भातृत्व बढाइ
जनमत संग्रहको संरचना निम्त्याई
आयत कम गरि अनि निर्यात बढाई
नेपालका संरचनालाई विश्वभर फैलाई

जनमत संग्रह के हो वबश्वलाई बताई
नेपालका चर्चा सारा विश्वभर फैलाई
भरोसाको सिमापनि हृदपार गराई
नयाँ नेपाल बन्दैछ वस्नु फुलमाला केलाइ।

सङ्गम न्यौपाने
सरावल–१ ,खोखरपुरा