Jilla Ban Notis

मृर्गौला पिडितलाई सहयोग ।

0 25

साउन २३
नेकपाका विद्यार्थी नेताको टोलिले मृर्गौलाका पिडित पश्चिम नवलपरासी सरावल गांउपालीका १ कि मन कुमारी नेपालीलाई आर्थिक सहयोग गरेको छ ।  बसन्त मा.वि कक्षा १२ मा अध्ययनरत छात्रा अप्सरा नेपालीकी आमा ४२ बर्षिय मन कुमारी विगत ८ बर्ष देखि पिडित रहेको र आर्थिक अवस्था कमजोर भएका कारणले उपचारमा समेत समस्या परेको स्थानिय तथा विद्यार्थी नेता तपेन्द्र न्यौपाने मार्फत थाहा पाएपछि पिडितकै घरमा पुगी ११ हजार १ सय ११ रुपैया बराबरको चेक सहयोग गरेको विद्यार्थी नेता रमेश नेपालीले बताए ।

साथै मृर्गौला पिडित मनकुमारीलाई मनोबल उच्च राख्न भन्दै नेता नेपालीले उपचारका लागी थप सहयोग गर्न आफ्नो तर्फबाट पहल भैरहने समेत बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा सरावल कमिटि अध्यक्ष लिलाधर पाण्डेय अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य दिपक गैर लागाएत जिल्ला स्थित विभिन्न क्याम्पसका स्ववियु सभापत तथा पदाधिकारी हरुको उपस्थीति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.