Jilla Ban Notis

प्रादेशिक औद्योगीक व्यापार मेलाको उद्घाटन गर्न मन्त्री योगेश भट्टराई सुनवलआउने।

0 22

रमेश भुसाल
सुनवल,कार्तिक ३०

सस्कृति , पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई मंशिर पाँच गेत पश्चिम नवलपरासीको सुनवलमा आउनुहुने भएको छ । यहि मंशिर ५ देखि १५ गते सम्म संचालन हुने प्रादेशिक औद्योगीक व्यापार मेलाको उद्घाटन गर्न सस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आउनुहुने मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताउनुभयो । यस क्षेत्रकै उत्कृष्ट मेला वनाउका निम्ती यतिवेला मेलाको तयारीलाई ब्यापक बनाइएको छ । सुनवल नगरपालिका भित्र रहेका धार्मिक तथा पर्यटकिय महत्व वोकेका सुनवल ७ तरगौलिमा रहेको देवदह ताल, महलपोखरी, बाबा वर्दगोरिया , मामि सतिसावरिया लागएतका धार्मिक एवं पर्यतटिकय महत्वका ठाँउहरुको प्रचार प्रसार गरि सुनवललाई आन्तरिक तथा वाह्य पर्यटकिय हव गराउने साथै प्रदेशकै र स्थानिय उत्पादनको वजार प्रर्वद्धन गर्ने उद्देश्यका साथ संचालन गरिने प्रादेशिक औद्योगीक व्यापार मेलामा रानीमहल स्वरुपको प्रवेश द्धावा निर्माण गरिने बरिष्ठ उपाध्यक्ष खरेलले जानकारी दिनुभयो ।  त्यस्तै गरि मेलामा कृषकहरुको उत्पादनलाई सम्मान र हौसला प्रदान गर्नका लागी २० वटा स्टलहरुलाई विशेष रुपमा सझाइएको छ । जुन स्टलहरुमा कृषकहरुले आफुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु सय प्रतिशत छुटमा पर्दशन गर्न सक्ने छन । जसका लागी मंशिर १ गते भित्रै दर्ता गरिसक्नु पर्ने अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.