Jilla Ban Notis

मनरी माघि मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने ।

0 27

उमेश बिक

सरावल,२५ पुस

नवलपरासीको सरावल गाउँपालिका वडा नं.२ मनरीको माघि मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ। पर्यटन बर्ष २०२० लक्षित गर्दै जिल्लाको पहिलो कार्यक्रम तथा माघि महोत्सव मनरीमा मनाइने भएको छ। सरावल गाउँपालिका वडा नं। २ मनरीमा अवस्थित जन्ता मा।बि मनरीको प्रांगणमा जिल्लाकै पहिलो पर्यटन बर्षको कार्यक्रम मनाइने तयारी तिब्र रुपमा अगाडि बढिरहेको छ। प्रदेश नं। ५ ,जिल्ला समन्वय समिति नवलपरासी र सरावल गाउँपालिकाको सहयोग तथा श्रीराम युवा प्रतिष्ठानको आयोजनामा कार्यक्रम गरिने मेला संयोजक चक्रमणि चौधरीले जानकारी दिनुभएको छ। माघी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलार संगै निकै नै चर्चा कमाउन सफल राष्ट्रिय गायक श्रीनिवास चौधरी ,चर्चित गायक सरगम चौधरी , मोडल ममता चौधरीको लगाएतको विशेष संगीतिक प्रस्तुति रहनेछ्न। माघेसङ्गक्रान्ती ९माघी० लाई थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने गर्दछन । माघिमा मौलिक संस्कृति झल्किने साथीभाई बिच प्रेम सद्भाव साटासाट गर्दै रमाइलो गरि मिठा मिठा परिकारहरुको स्वाद संगै यो पर्व मनाउने प्रचलन परापुर्व काल देखि चली आएको छ्न । पर्यटन प्रबर्द्वन, फुड फेस्टिबल तथा थारु कलाको संरक्षण गर्ने उद्देश्यले श्रीराम युवा प्रतिष्ठानको आयोजनामा हुन लागेको उक्त महोत्सवमा कलशयात्रा,थारुहरुका विभिन्न नृत्य प्रतियोगिताहरु जस्तै झमटा नाच,झुमरा नाच,झर्रा नाच,लाठी नाच, हस्तकला प्रदर्शन र खानाका परिकारहरुको स्टल,खुल्ला पुरुष भलिबल प्रतियोगिता,चिट्ठा कार्यक्रम, रक्तदान कार्यक्रम,थारु नाटक थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेला संयोजक चक्रमणि चौधरीले बताउनुभएको छ।

Leave A Reply

Your email address will not be published.