Sarawal sit lahar Notis

मतदाता नामावली दर्ता गर्नेको जिल्ला निर्वाचन कार्यालयमा भिड

0 59

हरि शर्मा
परासी ,साउन–१६
नवलपरासीमा मतदाता नामावली संकलनमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन मतदाताहरू बस नै रिजर्भ गरेर आउन थालेका छन्। मतदाताहरूको उत्साहजनक सहभागिताले निर्वाचनप्रति मतदाताहरूको सहभागिताको चासोलाई प्रष्ट पारेको छ।

स्थानीय तह निर्वाचनमा धेरैको नाम दर्ता हुन नसकेको गुनासो गरेपछि निर्वाचन आयोगले असार १ बाट दर्ता प्रक्रिया सुरु गरेको हो। जसअनुसार जिल्ला प्रशासन प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निष्चल मोक्तानले जानकारी दिए।

तीनवटा स्थानबाट अहिलेसम्म थप ६ हजार ६ सय ४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन्। केही स्थानीय तहमा थोरै मतले चुनाव हारेपछि नेताहरूले नै गाउँमा बस नै पठाएर नामावाली दर्ताका लागि मतदाता पठाउने गरेका छन्। भने केही मतदाता आफैं नामावली दर्ताका लागि आउने गरेका छन्। गत स्थानीय निर्वाचनमा जिल्लामा २ लाख ४४ हजार ३ सय ३९ मतदाता रहेका थिए।

अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मिति प्रस्ताव गरेको छ। निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणाअगाडि आयोगले नामावली संकलन र अद्यावद्यिक गर्न सुरु गरेको हो।

Leave A Reply

Your email address will not be published.